ट्रेड युनियन कांग्रेसको पदभार ग्रहण

106

नेपालगन्ज, बैशाख ७-
नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका निर्वाचित कार्यसमिति पदाधिकारीले पदभार ग्रहण गरेका छन् । नेपालगन्जमा एक कार्यक्रमका बीच सपथसँगै पदभार ग्रहण गरे । ट्रेड युनियनको जिल्ला अधिवेशनबाट आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा रामबहादुर मल्ल, उपाध्यक्षमा रुद्रप्रसाद अधिकारी(सेवा), लक्ष्मीकुमारी पौडेल (महिला), यादवराज बस्याल (उत्पादन) र अकबर शेष गुड्डु(अनौपचारीक तथा स्वरोजगा, यातायात) मा निर्वाचित भएका थिए ।

यस्तै उपाध्यक्ष(खुल्ला)तर्फ बिमलकुमार आचार्य, सचिव तोजिन्द्रबहादुर बि.क., सहसचिव निरजकुमार शर्मा र सुमोद रिजाल, कोषाध्यक्षमा मोलहे धोबी र सह–कोषाध्यक्षमा पवित्रा ढकाल रहेका छन् । यसैगरी सदस्यमा पुर्णिमा चौधरी, अमृता शाही, मधु योगी, यशोदा शाह, परिमल बिष्ट, वासुदेव, गौतम, धु्रबराज न्यौपाने, अरुणकुमार सिंह ठकुरी र डिल्ली गिरी निर्वाचित भएका थिए ।

अध्यक्ष रामबहादुर मल्ल । नेपाली कांग्रेस बाँकेको कार्यालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत जनकबहादुर शाहीले सपथ खुवाएका हुन् । पदभार कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईराला, जिल्ला सचिवद्धय तप्त पौडेल र कपिलदेव शर्मा, पुर्व सभापति, कार्यसमिति पदाधिकारी, विभिन्न भातृ तथा शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।

Womui
Womui