स्वेच्छिक अवकाश स्थिगित, कर्मचारीलाई रोजेकै स्थानमा

127

छिनछिन खबर
काठमाडौं, वैशाख ७ । स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई तत्काल अवकाश नदिइने भएको छ । बरु अवकाश रोजेका कर्मचारीलाई चाहेकै स्थानमा पठाउने सरकारले तयारी गरेको छ ।

पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ल्याएको स्वेच्छिक अवकाश प्याकेज देशको हितविपरित भएको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसलाई कार्यान्वयन नगर्ने भएपछि अवकाश प्याकेज रोजेका कर्मचारीलाई पायक पर्ने ठाउँमा खटाइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताए । स्वेच्छिक अवकाश प्याकेज अव कार्यान्वयन नहुने भएकाले अवकाश प्याकेज रोजेकालाई सकभर पायक पर्ने स्थानमै खटाइने उनले बताए । उनले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई अव स्वेच्छिक अवकाशको आशमा नबस्नसमेत आग्रह गरे ।

कर्मचारी समायोजन ऐनमा भएको व्यवस्था अनुसार ५० बर्ष उमेर र २० बर्ष सेवा अवधी पुरा भएका कर्मचारीलाई सात बर्षको एकमुष्ठ पेन्सन र थप सुविधा समेत दिनेगरी पूर्ववर्ती सरकारले स्वेच्छिक अवकाश योजना ल्याएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सूचनामा स्वेच्छिक अवकाश योजनाका लागि ९ हजार ६ सय ५६ जना कर्मचारीले आवेदन दिएका थिए । तर सरकारले स्वेच्छिक अवकाश आवेदन स्विकृत नगर्ने बताए लगत्तै स्वेच्छिक अवकाशका लागि आवेदन दिएका कर्मचारीहरु भने असन्तुष्ट छन् ।

Womui
Womui