शेयर बजार सुधारोन्मुख, पुग्ला त पुरानै अवस्थामा ?

37

छिनछिन खबर
काठमाडौं, वैशाख ७ । करिब एक वर्षसम्म गिर्दो अवस्थामा पुगेको शेयर बजार यो साता भने सुधारतिर उन्मुख भएको छ । साताको पहिलो दिन आइतबार १२८० अंकमा रहेको नेप्से अन्तिम दिन १३८८ अंकमा पुग्यो । अघिल्लो साताको तुलनामा भने ११० अंकले नेप्से बढेको हो । अघिल्लो साता बन्द हुँदा नेप्से १२७७ अंकमा थियो ।

विगत तीन सातालाई हेर्ने हो भने नेप्से परिसूचक २२० अंकले बढेको छ । चैत १२ गते ११६८ अंकसम्म नेप्से झरेको थियो । परिसूचक मात्रै नभई कारोबार रकम पनि उल्लेख्य बढेको छ । यस साता ४ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच भयो । कारोबार रकम गत साताको भन्दा ३८ प्रतिशत बढी हो । गत साता दुई अर्ब ९५ करोडको सेयर किनबेच भएको थियो ।


यस साता नेप्सेमा १८१ कम्पनीहरुको कारोबार भएको छ । गत साता १८३ कम्पनीहरुको कारोबार भएको थियो । यो साता बिमा समूह सबैभन्दा धेरै ७६८ अंकले उक्लिएको छ । यस साता कारोबार रकमका आधारमा सूर्य लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो । सो कम्पनीको १२ करोड ४२ लाख रुपैयाँको कारोबार भयो । कुमारी बैंकको ११ करोड तथा युनाइटेड इन्स्योरेन्सको १० करोडको सेयर किनबेच भयो चिलिमे जलविद्युत कम्पनी र नेपाल बैंक पनि उत्कृष्ट पाँचभित्र पर्न सफल भए । अघिल्लो वर्ष भने नेप्से १८०० सम्म पुगेको थियो ।

Womui
Womui