३१ वर्षीया कंगनाका यस्ता छन् १० रोचक प्रसंग

185

काठमाडौं, वैशाख ७ (एजेन्सी) । कंगना रनौत ३१ वर्षमा प्रवेश गरेकी छिन् । १७ वर्षको उमेरदेखि नै करिअर सुरु गरेकी कंगना अहिले बलिउडकी चर्चित नायिकाको रुपमा पर्छिन् । कंगना बलिउडकी यस्ती अभिनेत्री हुन् जो स्टारडमका कारण नभई साधारण र मन छुने अभिनयका कारण चर्चित छिन् । कंगनाले २००६ मा सार्वजनिक भएको फिल्म ‘ग्यांगस्टर’ बाट आफ्नो करिअरको सुरुवात गरेकी थिइन् । अहिले उनी झाँसीकी रानीको बायोपिकमा अभिनय गरिरहेकी छिन् । उनको आगामी फिल्म ‘मेटल’को पोस्टर पनि सार्वजनिक भएको छ ।

 

यसबीचमा कंगनाका यस्ता रहे रोचक प्रसंग

१. कंगना रनौत हिमाञ्चल प्रदेशको मन्डीस्थित भाङ्बलामा जन्मिएकी हुन् । आफ्नो कुरामा अडिग रहने स्वभावका कारण परिवारले उनलाई ‘लेडी डायना’ भनेर बोलाउने गर्छन् ।
२.कंगनाको पढाइ चण्डीगढमा भएको हो । उनी १७ वर्षको उमेरमा राजधानी नयाँ दिल्ली आइसकेकी थिइन् । दिल्लीमा उनी अरविन्द गौडसँग नाटक सिक्ने गर्थिन् ।
३. कंगनाले आफ्नो पहिलो फिल्म ‘ग्यांगस्टर’का लागि २० वटा अडिसन दिनु परेको थियो ।
४. २००८ मा उनी मधुर भन्डारकरको फिल्म ‘फेशन’ मा देखा परिन् । यो फिल्मबाट उनी उत्कृष्ट सहयोगी अभिनेत्रीको राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित भइन् ।
५. कंगनालाई खाना पकाउने निकै सौख छ ।
६. कंगना बलिउडको महंगो नायिकामा पर्छिन् । एउटा फिल्ममा अभिनय गरेको उनी ११ करोडसम्म लिने गर्छिन् । ।
७. कंगनाको ‘रास्कल’ र ‘गेम’ जस्ता फिल्म सुपरफ्लप भएको थिए ।
८. कंगनालाई उत्ति साह्रो पुरस्कार समारोहमा उपस्थित हुन मन लाग्दैन ।
९. कंगनालाई २०१४ मा रिलिज भएको फिल्म ‘क्विन’ र २०१५ मा रिलिज ‘तनु वेड्स मनु रिटन्र्स’ का लागि उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो र
१०. ‘वो लम्हे’, ‘लाइफ इन अ..मेट्रो’ ,‘फेसन’, ‘राज’, ‘तनु वेड्स मनु १,२’ र ‘क्वीन’ मा उत्कृष्ट अभिनय गरेका कारण बलिउडमा उनको स्थान छुट्टै छ ।

Womui
Womui