त्रिभुवन विमानस्थल सुचारु

69

छिनछिन खबर
काठमाडौं, वैशाख ७ । एयर मालिन्दोको जहाज चिप्लिएका कारण बन्द रहेको त्रिभुवन विमानस्थल १३ घण्टापछि सुचारु भएको छ । विमान धावनमार्गबाट चिप्लिएर ४० मिटर पर पुगेको थियो । जहाजलाई चौरबाट धावनमार्गमा ल्याइएको छ । मालिन्दोको जहाज चिप्लिएपछि बिहीबार राति १० बजेदेखि विमानस्थल अवरूद्ध भएको थियो ।

विमानस्थल प्रशासनले जमिन छोड्नै लागेको जहाजमा ब्रेक लगाउनु परेकाले जहाज अनियन्त्रित भइ चौरमा पुगेको प्रारम्भिक अध्ययनबाट देखिएको जनाएको छ । उडानको तयारी गरिएपछि यात्रुलाई बोर्डिङ पास वितरण गर्न थालिएको छ ।

Womui
Womui