विमान दुर्घटनापछि विमानस्थलमा यात्रुको भीड

31

छिनछिन खबर
काठमाडौ्र, वैशाख ७ । मलेसियन निजी कम्पनीको मालिन्दो एयरको जहाज दुर्घटनामा परेपछि विभिन्न गन्तव्यमा जान खोज्ने यात्रुले त्रिभुवन विमानस्थल भरिभराउ भएको छ । जहाज दुर्घटनापछि नेपालको एकमात्र विमानस्थल बिहिबार राति १० बजेदेखि अवरुद्ध छ । विमानस्थल खुल्न अझै तीन घण्टा बढी लाग्ने विमानस्थल प्रशासनले जनाएको छ ।

विमानस्थल बन्द भएपछि हवाई यात्रुहरूको बिचल्ली भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि तयार भएका यात्रु उड्न पाएका छैनन् ।
यस्तै विदेशबाट यात्रु लिएर आएका विमानहरु अवतरण गर्न नसकेपछि भारतमा फर्काइएका छन् । आन्तरिक तर्फका भने केही उडान सुचारु गरिएको छ । गएरातिदेखि नै मालिन्दोको जहाजलाई हटाउने प्रयास भइरहे पनि अझैसम्म हटाउन सकिएको छैन । विमान हटाउन डोरीको प्रयोग भइरहेको छ ।

विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएको थियो । मानवीय रूपमा क्षति भएको छैन ।

Womui
Womui