रेडियो सदभावले मनायो प्रथम बार्षिक उत्सव

131

नेपालगन्ज, बैशाख ६-
नेपालगन्जबाट प्रशारण भइरहेको रेडियो सदभाव ‘सबैको रेडियो’ ९१.२ मेघाहर्जले बिहीबार पहिलो बार्षिक उत्सव भव्यताका साथ मनाएको छ । प्रदेश पाँचका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले रेडियो सद्भावको लोगो अंकित केक काटेर बार्षिक उत्सवको उद्घाटन गरिन् । पहिलो बार्षिक उत्सवका अवसरमा कृषि, स्वास्थ्य, शिक्षा, समाज सेवा र पत्रकारिता गरी ५ विधामा विशिष्ट योगदान पु¥याउने एक÷एक जनालाई सम्मान तथा सद्भाव कर्मचारी प्रोत्साहन पुरस्कारबाट एकजना सद्भावकर्मीलाई पुरस्कृत गरिएको छ । जसअनुसार कृषि क्षेत्रबाट निर्मला सापकोटा, स्वास्थ्य क्षेत्रबाट डाक्टर राजन पाण्डे, शिक्षा क्षेत्रबाट किरण आचार्य, पत्रकारिता क्षेत्रबाट निरज गौतम र समाजसेवाबाट नर्वदा शर्मालाई कार्यक्रमका प्रमुख अतिथी एवम् मन्त्री पौडेलले दोसल्ला र कदरपत्र सहित सम्मान गरिन् । सम्मानित ब्यक्तित्व एवम् समाजसेवी शर्मा भने स्वास्थ्य समस्याका कारण कार्यक्रममा अनुपस्थित थिईन् ।

त्यसैगरी सद्भाव कर्मचारी प्रोत्साहन पुरस्कारबाट बीरेन्द्र जैसीलाई पुरस्कृत गरियो । जैसीलाई नगद ५ हजारसहित दोसल्ला र कदरपत्र सहित पुरस्कृत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले छोटो समयमै रेडियोले समाज रुपान्तरणमा पु¥याएको योगदानको प्रंशसा गरिन् । सो अवसरमा प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी प्रसाद खरेल, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, सम्मानित ब्यक्तित्व एवम् महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम लगायतले रेडियोलाई प्रगतीको शुभकामना दिए ।

रेडियो सद्भाव सञ्चालक समितिका अध्यक्ष सञ्जय सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक दामोदर भण्डारीले रेडियोको उपलब्धी, चुनौती र भावी योजनाबारे जानकारी गराएका थिए । रेडियोले छोटो समयमै सफलता हासिल गर्नुमा शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी, शुभचिन्तक, स्रोत र विज्ञापनदाताको सहयोग रहेको बताए । उक्त कार्यक्रममा हास्यकलाकार रमेश दुलालले आफ्नो प्रस्तुती देखाएका थिए ।

Womui
Womui