त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को दुर्घटना, उडान बन्द

45

सपना शर्मा
काठमाडौँ, वैशाख ७ । त्रिभुवन विमानस्थलमा ठुलो जहाज टुर्घटनामा परेको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि मानवीय क्षति भने नभएको विमानस्थल प्रशासनले जनाएको छ ।
उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

जहाज चिप्लिएपछि सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले सबै यात्रुलाई सकुशल निकालेका छन् । जहाजमा चालक दलसहित एक सय ३९ जना दिए ।
जहाज दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ । आन्तरिक उडान गर्ने जहाज विमानस्थलमा छन् भने अन्तर्राष्ट्रिय उडान भारतमा डाइभर्ट गरिएका छन् ।
यसअघि फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँका लागि आएको युएस–बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा नेपाली र बंगलादेशीसहित ५१ जनाको ज्यान गएको थियो ।

Womui
Womui