वाह ! मुख्यमन्त्री भट्ट

105

छिनछिन खबर
धनगढी वैशाख ६ । धेरैजसोले महङगो बेर्डिङ स्कुलमा आफ्ना छोराछोरीलाई पढाइरहेको बेलामा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना दुई छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन् । मुख्यमन्त्री भट्ट विद्यार्थी भर्ना कार्यक्रममा बुधबार बिहान आँफै उपस्थित भएर धनगढी उपमहानगरपालिका वडा न.ं ४ स्थित राष्ट्रिय माध्याकि विद्यालयमा दुई छोरीलाई भर्ना गराएका हुन् .
उनले १३ वर्षीया छोरी पुष्पालाई कक्षा ८मा र १५ वर्षीया छोरी लक्ष्मीलाई कक्षा १०मा भर्ना गराए । यस भन्दा पहिला उनका दुवै छोरी डोटी केआई सिंह गाउँपालिका ६ फलेडीस्थित सामुदायिक विद्यालय देवस्थलमा अध्ययनरत थिए । भट्ट मुख्यमन्त्री भएपछि मात्र उनीहरु धनगढी झरेका हुन् ।

सरकारी विद्यालयमा पढेका विद्यार्थीले बोर्डिङ पढेकासगँ प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने सोचलाई हटाउनको लागि मैले सामुदायिक विद्यालय छानेको हुँ भट्टले भने । सरकारी विद्यालयको पठनपाठन गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए ।
सामुदायिक द्यिालयमा पढ्ने विद्यार्थी र उनिहरुका अविभावकले आँफूलाई दोस्रो दर्जाको नागरिक सम्झने र हिनताबोध गरिरहेको बेलामा मुख्यमन्त्रीले आफ्ना दुई छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएपछि नयाँ सन्देश प्रवाह हुनका साथै सरकारी विद्यालयमा पढ्ने विद्यार्थी र उनीहरुका अविभावकलाई हौसला मिलेको स्थानीय सीताराम जोशीले बताए

। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने मुख्यमन्त्रीले छोरी सरकारी विद्यालयमा भर्ना गरेपछि अन्य पदाधिकारीलाई पनि भर्ना गर्न हौसला मिलेको बताए । ‘राम्रो पदमा भएकाहरुले आफ्ना छोराछोरी सरकारी विद्यालयमा भर्ना गर्नेबित्तिकै सरकारी विद्यालयको गुणस्तर सुधार हुँदै जानेछ,’ उनले भने ।

Womui
Womui