मोस्ट वान्टेड दीपक मनाङे पक्राउ

101

छिनछिन खबर
काठमाडौं, वैशाख ६ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दीपक मनाङे (राजीव गुरुङ) बिहीबार पक्राउ परेका छन् । प्रदेश सांसदसमेत रहेका गुरुङ यस अघि फरार रहेका थिए । मनाङेलाई महानगरीय प्रहरी परिसरले स्वयम्भुबाट पक्राउ गरिएको परिसरका डिएसपी मोहन थापाले बताए ।

१२ वर्षअघि चक्रे मिलनको हात छिनाएको घटनामा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दामा दोषी ठहर भएका उनी फरार थिए । उनी मनाङ प्रदेशसभाबाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वा्चित भएका थिए ।

२०६१ साल वैशाख ३१ गते महाराजगञ्जको चाइनिज चुफाङ रेस्टुरेन्टमा चक्रे मिलनको बायाँ हात छिनाएको मुद्दामा सर्वाेच्चले दोषी ठहर गरेपछि उनी फरार भएका हुन् ।
उनीविरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको थियो ।

Womui
Womui