सुराकी गरेको आरोपमा युवा संघका नेता पक्राउ

56

छिनछिन खबर
बुटवल, वैशाख ६ । गुण्डा नाइके मनोज पुनको सुराकीको आरोपमा नेकपा एमालको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल पक्राउ परेका छन् ।

युवासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं गएका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले मल्ललाई काठमाडौंबाट बिहीबारै भैरहवा ल्याउने जानकारी दिएन । मनोज पुनले युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र नेता बसन्त पौडेल बलुको हत्या गरेका थिए । पछि मनोज प्रहरी इन्काउन्टरमा मारिएका थिए । तर, मनोजको सुराकीका रुपमा युवा संघ र माओवादीका नेता नै रहेको प्रहरीको दाबी छ । मनोजको योजनामा गत पुस ४ गते युवा संघका नेता तिवारीको हत्या भएको थियो । मल्लले नै मनोज पुनलाई सूचना दिने गरेको प्रमाण फेला परेको प्रहरी प्रमुख ज्ञवालीले बताए ।

प्रहरीले पुनको सुराकी भएको आरोपमा माओवादी नेता लेखनाथ न्यौपाने र युवा संघका जिल्ला नेता उत्तम आचार्यलगयतलाई पक्राउ गरेको जनाएको छ । अनुसन्धान गर्दै जाँदा अन्य राजनीतिक नेतृत्व समेत तानिन सक्ने प्रहरीको अनुमान छ । तिवारीको हत्यामा संलग्न श्यामबहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जना थुनामा छन् छन् । उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui