युवा संघमा नयाँ नेतृत्व, पौडेल अध्यक्ष

63

छिनछिन खबर

काठमाडौं, वैशाख ६ । नेकपा एमालेको भातृ संगठन युवा संघको अध्यक्षमा रमेश पौडेल चुनिएका छन् । बिहीबार बिहान सम्पन्न संघको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । उनी यसअघि संघको उपाध्यक्ष थिए ।

यसअघिका अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व चयन गरिएको हो । पौडेलसँगै अध्यक्षमा दिलु पन्तले पनि दावी गर्दै आएकी थिइन् ।
सात उपाध्यक्षमा किरण पौडेल, प्रभातविक्रम कटुवाल, कान्ति बुर्लाकोटी, हस्त शाही, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा छन् । नरेश शाही महासचिव भएका छन् । उनी यसअघि सचिवको जिम्मेवारीमा थिए ।

बैठकले १४ जना सचिव पदमा १३ जनालाई चयन गरेको छ । एकजना भने पछि पदपूर्ति गर्ने युवासंघले जनाएको छ । सचिवहरुमा राजु कार्की, क्षितिज थेवे, अन्जना अधिकारी, उर्मिला सुनुवार, पुर्ण लामा, सुरेन्द्रमान कार्की, ध्रुव यादव र माधव बास्तोला छन् । यसैगरी बच्चनबहादुर सिंह, राजेश साह, सन्तोष रावल, हिमाल लिम्बु र दिपक जिएम पनि सचिव बनेका छन् । कोषाध्यक्षमा अमित लामा चुनिएका छन् ।
अनुशासन आयोगको अध्यक्ष गजेन्द्र शाही, लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल र केन्द्रीय कार्यालय विभाग प्रमुखमा सुमन पुरी छन् ।

Womui
Womui