आँखा अस्पतालका दाता शाहलाई यसरी गरियो नागरिक अभिनन्दन–(फोटो फिचर)

186

नेपालगन्ज, बैशाख ५-
नेपालगन्जको फुलटेक्रास्थित फत्तेबाल आँखा अस्पताललाई एक अर्ब बढीको सम्पत्ति दान गर्ने श्रीजंग शाहलाई बुधबार नागरिक अभिनन्दन गरिएको छ । शाहलाई रथारोहन सहित बजार परिक्रमा समेत गराइएको छ । नेपालगन्जको सुर्खेतरोडस्थित होटल स्नेहबाट नेपाल प्रहरीको ब्याण्ड बाजासहित सुरु भएको अभिनन्दन रथ यात्रा विपी चोक, धम्बोझी चोक हुदै फुलटेक्रास्थित आँखा अस्पताल परिसरमा पुगेको थियो ।

अस्पताल प्रबन्धक डा. कौशलकुमार बर्माका अनुसार ९३ वर्षीय श्रीजंग शाह र पत्नी ९० वर्षीया रुद्रकुमारी शाहले काठमाडौं, कान्तिपथमा रहेको दुईतले घर र तीन रोपनी तीन आना जग्गा नेपालगन्जको अस्पताललाई दिएका हुन् । शाह विगत ३० वर्षदेखि आँखा अस्पतालका संरक्षकको रुपमा रहेको बर्माले बताए । शाहले केही समयअघि पत्नीको सहमतिमै मरणोपरान्त अस्पतालका नाममा जाने गरी जग्गा दान गरेका थिए । शाहका बुवाआमा उक्त अस्पतालका संस्थापक हुन् ।

उनका पिता फत्तेजंग शाह र आम बालदिव्येश्वरी शाहले २०४३ मा फुल्टेक्रास्थित घर र एक बिघा जग्गा दान गरेका थिए । उनीहरूकै नाममा आँखा अस्पतालको नामकरण गरिएको हो । हाल अस्पतालको नाममा साढे ४ बिघा जग्गा प्राप्त भइसकेको छ  । १० शैयाबाट सुरु भएको अस्पताल हाल डेढ सय शैयामा विस्तार भइसकेको प्रबन्धक डा. बर्माले जानकारी दिएका छन् । 

Womui
Womui