जथाभावी गर्भनिरोधक चक्की प्रयोग नर्गनूस् है ! ज्यान जान सक्छ

154

छिनछिन खबर
काठमाडौं, वैशाख ४ । पछिल्लो समयमा नेपाली समाज यौनको विषयमा खुल्दैछ । र, यौनको विषयमा खुल्दै जाँदा जथाभावी यौन सम्पर्क राख्ने र गर्भनिरोधक चक्की प्रयोग गर्ने क्रम पनि बढेको पाइन्छ ।

तर, एक चिकित्सकले भने जथाभावी गर्भनिरोधक चक्की प्रयोग गर्दा ज्यान जान सक्ने खतरा रहेको सल्लाह र सुझाव दिएका छन् । नेपाली महिलाले पनि पिल्स र निलोकनलाई गर्भनिरोधक चक्कीको बढी मात्रामा प्रयोग गर्ने गरेको पाइन्छ । चिकित्सकको सल्लाहबिना गर्भनिरोधक चक्की प्रयोग गर्न नहुने बताइएको छ । स्त्रीरोग विशेषज्ञ डाक्टर सरला शर्माले गर्भनिरोधकको सही तरिकाले प्रयोग नगर्दा ज्यान पनि जान सक्ने बताइन् ।

पिल्स, निलोकन, डिपो प्रोभेरालगायत गर्भनिरोधकका अस्थायी साधन हुन् । जसमा २८ वटा चक्की रहेका हुन्छन् । २१ दिनसम्म सेतो चक्की र त्यस पछि खैरो रंगको चक्की खानुपर्ने हुन्छ । डाक्टर शर्माक अनुसार खैरो चक्की खान शुरु गरेको २ देखि ३ दिनको बीचमा महिनावारी सुरु हुन्छ । उनी भन्छिन्, ‘जबसम्म सन्तान जन्माउने तयारी गरिँदैन । त्यो समयसम्म चक्की नियमित खाँदा राम्रो हुन्छ ।’
गलत प्रयोग गर्दा ज्यान जान सक्छ

–डा. शर्माका अनुसार गर्भनिरोधक खाने चक्कीको मुख्य काम भनेको गर्भ रहनको लागि अण्डा बन्न नदिनु हो । अण्डा बन्नलाई दबाउने काम खाने चक्कीले गरिरहेको हुन्छ ।

–दम्पत्तिमा सन्तान जन्माउने चाहना छ भने चक्की खान छाडेको ३ महिना पछि अण्डा राम्रोसँग बन्छ । कसैको ६ महिनासम्म पनि लम्बिन सक्छ । यसमा आत्तिनु पर्ने जरुरी नरहेको उनी बताउँछिन् ।

–खाने चक्की यौनसम्पर्क भएको ४८ घण्टाभित्रमा खाइसक्नुपर्ने हुन्छ । त्यस अवधिमा चक्की खान बिर्सिए ४८ घण्टा कटेपछि चक्कीले काम गर्दैन । औषधी ढिला खाँदा बच्चा पाठेघरमा नभई ट्यूबमानै बस्ने सम्भावना हुन्छ । बच्चा बस्नु पर्ने ठाँउ पाठेघर तर त्यहाँ नबसेर ट्युबमा बस्दा पछि ट्युब फुट्ने सम्भावना हुन्छ । ट्युब फुटेको खण्डमा ब्लड धेरै बग्ने अनि आमाको ज्यानै पनि जान सक्छ । चिकित्सकका अनुसार महिनावारी भएको ५ दिन पछि नियमित चक्की खान सुरु गर्नुपर्छ ।

—यौन सम्पर्क भएको ४८ घण्टा सम्म पनि चक्की खान बिर्सनु भयो भने इमेरजेन्सी औषधी खानुपर्ने हुन्छ ।

— यदि तपाईले अस्थायी साधनको रुपमा गर्भनिरोधकको चक्की खाइरहरनु भएको छ तर विर्षनु भयो भने जतिबेला सम्झियो त्यतिबेला खानूस । निको, पिल्स २४ घण्टा भित्र खाइसक्नु पर्छ । त्यसपछि नियमित रुपमा खाएको समयलाई पनि निरन्तरता दिनुपर्ने हुन्छ ।

– यसो त अनियमित ढंगले चक्की खाँदासमेत महिनावारीमा समस्या हुन्छ । एक महिनामा २ पटकसम्म महिनावारी हुने, रगत धेरै जाने, बच्चा बस्न गाह्रो हुने, पाठेघरमा बच्चा नबसेर गलत ठाउँमा बस्ने, जस्ता समस्या देखिन सक्ने चिकित्सक बताउँछन् ।
औषधी खाँदा पनि बच्चा रहन सक्छ शर्माका अनुसार चक्की सेवन गरेको २८ दिनसम्म महिनावारी भएन भने चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

‘खाने चक्की प्रयोग गर्नेमध्ये ०.२३ प्रतिशतलाई औषधी सेवन पनि बच्चा बस्ने सम्भावना रहन्छ’, शर्मा बताउँछिन् । अहिले चिकित्सकको सल्लाहमा भन्दा पनि आफै सिधै औषधी पसलबाट किनेर खाने धेरै छन् । तर, गर्भनिरोधक साधन प्रयोग गर्नुभन्दा पहिला एकपटक सम्बन्धित चिकित्सकबाट जानकारी लिएर प्रयोग गर्दा राम्रो हुने डा. शर्माको सुझाव छ । खाने चक्की नियमित सेवन गर्न सम्भव हुन्न भने गर्भनिरोधक अस्थायी साधनमध्ये कण्डम, कपर्टीजस्ता साधन प्रयोग गर्न उनको सल्लाह छ । यस्तै सन्तानको रहर पूरा भइसकेका दम्पतीले भने डिपो प्रयोग गर्नु राम्रो मानिन्छ ।

नवविवाहित जोडीले डिपो प्रयोग नगर्दा राम्रो
नवविवाहित दम्पतीले डिपो प्रयोग गर्नु उचिन नहुने डा. शर्माको सुझाव छ । ‘डिपोप्रोभेरा प्रयोगपछि बच्चा बस्नलाई गाह्रो हुने, पाठेघर पातलो हुने जस्ता समस्या देखा पर्छन्,’ उनले भनिन्, ‘ नयाँ जोडीले गर्भ नबस्नको लागि कण्डम, पिल्स, कपर्टी प्रयोग गर्दा राम्रो हुन्छ ।’

Womui
Womui