प्रदेश ४ को पर्यटन, ऊर्जा र कृषिमा जोड

45

छिनछिन खबर
पोखरा, बैशाख ३ । प्रदेश ४ को सरकारले सोमबार नीति तथा कार्यक्रम ल्याउँदै छ । प्रदेश सरकार गठन भएको २ महिनापछि नीति तथा कार्यक्रम संसदमा पेश हुन लागेको हो । जुन कार्यक्रम यही असारसम्मका लागि हो । प्रदेश प्रमुख बाबुराम कुँवरले दिउँसो २ बजे बस्ने संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय गरिएको छ ।

 

प्रदेशको विकास र समृद्धिका लागि मुख्य पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई आधार मानेर नीति तथा कार्यक्रम ल्याउन लागिएको बताइएको छ ।  मन्त्रीपरिषदको बैठक बसेर आइतबार नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको छ । प्राथमिकताका चार आधारसँगै खनिज, लोकसंस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषयलाई नीति तथा कार्यक्रममार्फत जोड दिइएको छ ।


केन्द्रले छुट्याएको १ अर्ब २ करोड रुपैयाँको बजेटमाथि नै अहिलेको नीति तथा कार्यक्रम आउने छ ।  प्रदेश सरकारले राजस्व संकलन, कुल ग्राहस्र्थ उत्पादन, रोजगार लगायतका कुरालाई पर्यटनसँग जोडेर गाउँदेखि सहरसम्मको नागरिकको जीवनस्तरमा सुधार ल्याउन पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रदेश ४ मा ऊर्जाको अथाह सम्भावना गरेकाले समृद्ध प्रदेशको दोस्रो आधार ऊर्जालाई लिइएको छ । उत्पादनमुखी र व्यावसायीकरण गर्दै र कृषि र उद्योगमार्फत रोजगार सिर्जना गरेर प्रदेशलाई गति दिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा छ ।

 

Womui
Womui