यसो गर्दा राम्रो बनाउन सकिन्छ जीवनशैली

41

छिनछिन खबर
काठमाडौं, बैशाख ३ । वैज्ञानिकहरूले गरेको एक सर्वेक्षणले मानिसले अवलम्बन गर्ने जीवनशैलीले आयुमा भारी तलमाथि पार्ने देखाएको छ । ६५–७० वर्षको जुनकुनै व्यक्तिले नियमित व्यायाम गरेमा, शुद्ध खाना खाने, धूम्रपान नगर्ने गरेको खण्डमा ९० वर्षसम्म बाँच्न सक्ने सम्भावना रहेको देखाएको छ । उक्त सर्वेक्षणले सक्रिय जीवनशैलीले उमेरको जुनसुकै कालखण्डमा सहयोग पु¥याउने देखाएको छ ।

सर्वेक्षणका अनुसार लामो उमेर बाँच्नका लागि ३० प्रतिशत मात्र जिनले निर्धारण गरेको हुन्छ । बाँकी त स्वयं व्यक्तिको जीवनशैलीमा निर्भर हुन्छ । अर्काइब्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित शोधका अनुसार शोधकर्ताले दुई हजार तीन सय ५७ पुरुष डाक्टरमा सर्वेक्षण गरिएको थियो । यसमध्ये नौ सय ७० जना अर्थात् ४१ प्रतिशत मानिस ९० वर्षभन्दा बढी समयसम्म बाँचेका थिए । स्वस्थ जीवनशैलीकै कारण उनीहरू लामो समयसम्म बाँचेको अनुसन्धानले देखाएको छ ।

हप्तामा दुईदेखि चार दिनसम्म व्यायाम गर्ने, धूम्रपान नगर्ने र आफ्नो तौललाई सन्तुलित राख्नेहरू नै ९० वर्षसम्म बाँचेका थिए । उनीहरूलाई डाइबिटिजसम्म पनि थिएन । यस्तो जीवनशैली अवलम्बन नगर्नेहरू ९० वर्षसम्म बाँच्ने ४ प्रतिशत मात्र सम्भावना हुने अनुसन्धानले देखाएको छ । प्रमुख शोधकर्ता डा. लोरेल येट्सले अनुसन्धानको परिणाम चमत्कार नभए पनि जीवनको जुनसुकै कालखण्डमा गरेको व्यायामले जीवनको उत्तराद्र्धमा पनि स्वस्थ जीवन जिउन मद्दत गर्ने पुष्टि भएको बताउँछन् ।

Womui
Womui