पुष्पमेलाको तयारी पूरा, चैत ३० देखि बैशाख ३ गतेसम्म मेला हुँदै

79

छिनछिन खबर

काठमाडौँ, चैत २९ । पुष्प व्यवसायको विकास र विस्तारका लागि चैत ३० देखि वैशाख ३ गतेसम्म पुष्प प्रदर्शनी २०१८ हुने भएको छ ।

फ्लोरिकल्चर एशोसिएशनको आयोजनामा हुन गइरहेको मेलामा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नारासमेत लिइएको छ । मेला भृकुटीमण्डपमा हुन लागेको छ । मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री रहने छन् । मेलामा फूलका ८२ कक्ष रहने छन् ।

घरआँगन तथा बगैँचा सजाउन चाहनेहरुका लागि ज्ञान हासिल गर्न मेला उपयोगी हुने एसोसिएसनका अध्यक्ष कुमार कसैंजु श्रेष्ठले बताए र नेपालमा २०११ देखि शुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास र विस्तारसँगै काठमाडौँ उपत्यकामा मात्रै नभएर मोफसलमा पनि फैलँदो स्थितिमा छ ।
हाल ४१ जिल्लामा करिब ६ सय ७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ । करिब १ सय ५३ हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको जनाइएको छ । अहिले यस व्यवसायमा ४३ हजारभन्दा बढी व्यक्ति सहभागी हुँदै आएका छन् ।

Womui
Womui