कुन मेनपावर कस्तो ? वेभसाइटबाट थाहा हुने

55

छिनछिन खबर
काठमाडौं, चैत २९ । वैदेशिक रोजगारीमा जाने सोच बनाएर मेनपावरको खोजी गर्दै हुनुहुन्छ ? यदि गतिलो मेनपावर फेला नपारेर अन्योलमा हुनुहुन्छ भने खुशीको खबर छ । तपाई मेनपावरको कार्यालयमा नगई वेभसाइटबाटै कुन मेनपावर कस्तो भन्ने जानकारी पाउन वेभसाइट तयार पारिएको छ ।

वैदेशिक रोजगारीमा कामदार पठाउने मेनपावरको कस्तो स्तर छ भन्ने जानकारी दिलाउन अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले वेभसाइट सुरु गरेको हो । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले सुरु गरेको उक्त वेभसाइटको नाम रिक्रुमेन्ट्एडभाइजर डट ओराजी छ । यो वेभसाइट नेपालसँगै इण्डोनेसिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ सुरु गरिएको छ ।

उक्त वेभसाइटमा हरेक मुलुकका लागि फरक भाषाका पेज राखिएका छन् । यो वेभसाइट निर्माणमा नेपालमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आइटियुसीसँग सहकार्य गरेको हो ।

Womui
Womui