हैसियत अनुसार माओवादीले पद पाउँछः रावल

198

छिनछिन खबर
काठमाडौं, चैत २९ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादीले आफ्नो हैसियत अनुसार पद पाउने बताएका छन् । एमाले–माओवादी केन्द्रबीचको एकता समानताकै आधारमा हुने उनले स्पष्ट पारे ।

रावलले दुई पार्टीबीच बैशाख ९ गते एकता घोषणा गर्ने भन्ने सामान्य समझदारी भएको भएपनि संस्थागत निर्णय नभएको जिकिर गरे । उनले भने, ‘बैशाख ९ गते नै एकता घोषणा गर्ने भन्नेबारे औपचारिक निर्णय हुन बाँकी छ, त्यसलाई पार्टी एकता संयोजन समितिले पनि निर्णय गर्न बाँकी छ, त्यो निर्णय बमोजिम हामीले आ–आफ्नो पार्टीको उपल्लो निकाय केन्द्रीय समितिमा आएर छलफल गरेर अनुमोदन गर्ने प्रक्रियापनि बाँकी छ ।’

Womui
Womui