श्रृङ्खला खतिवडा भइन् नयाँ मिस नेपाल

199

छिाछिन खबर
काठमाडौं, चैत २८ । यो बर्षको ‘मिस नेपाल वल्र्ड ’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’ को उपाधि जितेकी हुन् ।

उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् । यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने्छिन् । साथमा, उनले नगद १ लाख नगद पनि प्राप्त गरिन् ।

प्रतियोगीतामा ‘मिस नेपाल अर्थ’ को उपाधि प्रिया सिग्देलले जितिन् । उनले ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्ने्छिन् भने नगद प्राप्त गरिन् । उनले नगद १ लाख पुरस्कार पनि प्राप्त गरिन् ।

यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् । उनले एक लाख नगद पुरस्कार समेत जितिन् ।

द हिडेन ट्रेजरले आयोजना गरेको यस बर्षको ‘मिस नेपाल २०१८’ मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा रहेका थिए । ‘मिस नेपाल’मा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

 

       

        

 

प्रयोगीतामा विभिन्न १२ विधामा टाइल अवार्ड पनि दिइएको थियो । टाइटल अवार्डका विजेताहरुको नामाबली यसप्रकार छः

 

ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवडा
मिस फ्रेन्डसिपः साहारा लामा
मिस फोटोजेनिकः महिमा सिंह
मिस पक्चुअलः लक्ष्मी पौडेल
मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना
मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ
मिस कन्फिडेन्टः आस्था साख
मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
मिस ग्ल्यामरः मनिता देवकोटा
मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी
मिस ट्यालेन्टः रोनाली अमात्य
ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल

Womui
Womui