एसइईपछि के पढ्ने ?

167

मालती खड्का
काठमाडौं, चैत १७ । माध्यमिक विद्यालय शिक्षा (एसइई) को परीक्षा भर्खरै सकिएको छ । अब के पढ्ने होला कति ग्रेड आउने होला कुन विषय पढ्दा ठीक होला यो वर्ष एसइई दिएका यी प्रश्नहरु हरेक विद्यार्थीको मनमा खेलिरहेको हुन्छ । एसइईपछि के गर्ने र कताको बाटो रोज्ने भन्ने आधारभूत प्रश्नको खोजीमा उनीहरू रुमल्लिन्छन् । त्यसैमध्यकी एक हुन् प्रमिला भण्डारी ।

डिल्लीबजारस्थित पदम कन्या माविबाट यो वर्ष एसइई दिएकी भण्डारीले हालसम्म कुन विषय पढ्ने सोचेकी छैनन् । ‘कुन विषय पढ्ने भन्ने टुंगो लगाउन सकेकी छैन मसँग अहिले २ वटा विकल्प छन्’ उनले भनिन्, ‘नर्सिङ पढ्ने सोचमा छु । त्यो नभए व्यवस्थापन पढ्छु ।’
एसइई पास गरिसकेपछि विद्यार्थीसँग काम गर्ने र पढाइ अघि बढाउनुको विभिन्न विकल्प हुन्छन् । सामाखुसीस्थित साउथवेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीका अनुसार एसइईपछि विद्यार्थीहरु यस्तो कोर्स चयन गर्न खोज्छन् जसमा राम्रो स्कोप छ । एसइईपछि विद्यार्थीले कुनैपनि विषय छनोट गर्नुअघि आफ्नो रुचिमा विशेष ध्यान दिनु अनिवार्य रहेको उनले वताए । ‘जमाना धेरै परिवर्तन भइसकेको छ । अब कलेजमा विद्यार्थीलाई नयाँ प्रविधियुक्त गुणस्तरीय शिक्षा प्रदान प्रदान गर्नु अपरिहार्य भइसकेको छ,’ केसीले भने, ‘विद्यार्थीले यिनै कुरालाई हेरेर कलेज छान्नु पर्छ ।’

विद्यार्थीले आफ्नो रुचिलाई हेरेर विषय चयन गर्नुपर्छ । धेरै क्षेत्र छन् त्यसैले उनीहरुलाई अलमल हुन सक्छ । यो बेलामा अभिभावकले पनि उनीहरुलाई परामर्श दिनुपर्छ । अधिकतम विद्यार्थी एसइईपछि विज्ञान विषय पढ्न मन गर्छन् । किनभने यसमा पछि धेरै क्षेत्रमा जान सक्ने विकल्प हुन्छ । सामान्यतया विज्ञानमा धेरै विषयहरु ह्ुन्छन् तर मुख्यतः दुई विषय हुन्छन् गणित र जीवशास्त्र ।
जीवशास्त्र ःएसइई पास गरेपछि यदि तपाई जीवशास्त्र लिनु हुन्छ भने तपाईलाई जीवनको साथसाथै भौतिकशास्त्र रसायनशास्त्र पनि अनिवार्य पढ्नु पर्छ । जीवशास्त्र विषयमा प्लस टु पास गरेपछि तपाई मेडिकल क्षेत्रमा करिअर बनाउन सक्नुहुन्छ ।

१) गणितः गणित पनि विज्ञान भित्र नै आउँछ । एसइईपछि तपाईलाई गणित र जीवशास्त्रमध्ये एउटा विषय चयन गनुपर्ने हुन्छ । जसरी जीवशास्मा भौतिकशास्त्र र रसायनशास्त्र पढ्नु अनिवार्य हुन्छ, त्यसरी नै यसमा पनि यी दुई विषय पढाइन्छ । प्लस टु गणित (पी.सी.एम ) मा गरेपछि तपाई आर्मी या इन्जिनियरिङको क्षेत्रमा आफ्नो करिअर बनाउन सक्नुहुन्छ ।

२) म्यानेजमेन्ट
एसइईपछि यदि तपार्र्र म्यानेजमेन्ट छान्नु हुन्छ भने करिअर बनाउने अनेक विकल्प पाउनुहुन्छ । म्यानेजमेन्टबाट प्लस टु पास गरिसकेपछि तपाई अकाउन्टिङको क्षेत्रमा आफ्नो राम्रो करिअर बनाउन सक्नुहुन्छ । यसबाहेक तपाई म्यानेजमेन्टबाट प्लस टु सकेपछि बीकम टेक्स, कम्प्यूटर जस्ता अनेक कोर्स गरी राम्रो रोजगारी प्राप्त गर्नसक्नुहुन्छ । व्यवस्थापनको क्षेत्रमा विद्यार्थीको घुइँचो सधँै नै लाग्ने गरेको हामी देख्न सक्छौं । मध्यम अंक ल्याएकाहरुले व्यवस्थापन अध्ययन गर्छन् भन्ने सोच गलत हो । व्यवस्थापन जुनसुकै क्षेत्रमा पनि आवश्यक छ ।

३) आर्टस
एसइईपछि यदि तपाई आर्टस संकाय लिन चाहनुहुन्छ भने यस क्षेत्रमा पनि आजकाल धेरै करिअर विकल्प फेला पर्छ । आर्टस संकायबाट प्लस टु गरेपछि राजनीति , साहित्य , इतिहास , भूगोल , अर्थशास्त्र, आमज्ञञ्चार जस्ता विषयहरु पढ्न सकिन्छ । यस क्षेत्रमा पनि सुनौलो भविष्यका लागि स्कोप छ । यो संकायमा सबैभन्दा धेरै विषयहरु छन् । आर्टस पढेका विद्यार्थी सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षामा पोख्त हुन्छन् । बजारमा बिक्ने शिक्षा यो संकायले दिन्छ ।

४) ए–लेभल
यो कोर्स १५ वर्षदेखि नेपालमा सञ्चालन भइरहेको छ । क्याम्ब्रिज युनिभर्सिटिद्वारा उपल्ब्ध एड्भान्स लेभल जेनरल सर्टिफिकेसन अफ एजुकेसन .(जीसीई) नेपालमा ए लेभलको रुपमा पढाइ हुन्छ ।
यो दुई वर्षे कोर्स हो जुन नेपालको हाइअर सेकेण्डरी इक्जामिनेसन बोर्ड (एचएसइबी ) को समान हुन्छ । यो क्याम्ब्रिज एसेस्मेन्टको एउटा पाटो हो । यसमा पनि सेमेस्टर प्रणाली लागू छ । अन्तिम परीक्षा आउनु अगाडि विद्यार्थीले ६ महिना मात्र कोर्स पढ्नुपर्ने हुन्छ । यो कोर्सको परीक्षा वर्षमा दुई पटक हुने गर्छ । एउटा मे÷जुन मा र अर्को अक्टुबर÷सेप्टेम्बरमा परीक्षा हुन्छ र नतिजा ६ वा ७ हप्ता भित्र आउने गर्छ । यसमा विद्यार्थीरुले आफ्नो इच्छा अनुसारका तीन विषय रोज्न पाउँछन् । उनीहरुले ३ वा सोभन्दा बढी विषय पढ्न पाउने विकल्प पनि यो कोर्समा उपलब्ध छ । यसमा साइन्स र नन्–साइन्स गरी दुईवटा क्षेत्र छुट्टाइएको छ ।

Womui
Womui