बोक्सी भनिएकी राधाको गाउँमा सामूहिक सम्मान

92

छिनछिन खबर
धनगढी, चैत १९ ।
बेक्सीको आरोपमा कुटपिट गरिएकी १८ वर्षीया राधा चौधरीलाई उनकै गाउँ घोडाघोडी नगरपालिका ५ देउकलियामा गाउँलेले फूलमाला र अविरले अभिनन्दन गरेका छन् ।

बोक्सीको आरोपमा ६ घण्टासम्म कुटपिट गर्दा रमिते बनेका गाउँलेले गल्ती महसुस गर्दे अभिनन्दन गरेपछि आरोपित राधा गाउँमै बस्न थालेकी छन् तीन सातापछि आइतवार उनी विद्यालय गइकी छन् ।

गाउँलेले भने तिमीलाई कुटपिट हुँदा ताली बजाएर हामीले गल्ती ग¥यौं अबदेखि यस्तो आरोप कहिले लगाउने छैनौं धनेर अविर र फूलमालाले अभिनन्दन गरेका छन्,’ राधाले भनिन, ‘त्यसैले म गाउँमै बस्न सुरु गरेकी छु ।’ राधाले पछिपछि आफूलाई बोक्सी हो भनेर आरोप नलगाउन,अवहेलना नगर्न गाउँलेलाई आग्रह गरेकी छिन् । गाउँलेले सम्मानका साथ व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनीसँगै उनकी आमा फूलकेशरी चौधरी बुवा जोखन चौधरीलाई पनि गाउँलेले सम्मान गरेका थिए । २३ दिनपछि घर फर्केकी छोरीलाई

गाउँलेले सम्मान गरेपछि गाउँमै बस्ने वातावरण बनाएकोले धेरै खुसी लागेको छ,’ बुवा जोखनले भने ।
शनिवार गाउँका भलबन्सा राजाराम चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर चौधरी, नागरिक समाजका अगुवा खेम सापकोटालगायतको पहलमा गाउँभरिका सबै जम्मा भएर उनी पढ्ने राष्ट्रिय माविमा सामूहिक अभिनन्दन गरेका हुन् ।
‘राधालाई गाउँमै बस्ने वातावरण बनाउन,उनको पीडामा मलम लगाउन सामूहिक अभिनन्दन गरेका हौं,’स्थानीय खेम सापकोटाले भने । उनी आइतवार स्कुल गइन् । स्कुलमा उनका साथीले राधालाई हौसला दिए । ‘घटनापछि आज स्कुल गएकी हुँ,’उनले भनिन्,‘जे हुने भैहाल्यो, अब केही नमान भनेर साथीहरुले मलाई हौसला दिए ।’कक्षा ११मा पढ्न् उनको वैशाखदेखि परीक्षा छ । परीक्षा बिग्रने चिन्तामा रहेकी उनी स्कुल पढ्न पाएपछि खुसी भएकी छन् ।

बोक्सीको आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उस्का सहयोगी युवतीले कुटपिट गर्दा रमिते बनेका र ताली पिट्नेहरुले नै गल्ती महसुस गरेर राधालाई गाउँमा बोलाई अविर र फूलमाला पसिह¥यार सामूहिक रुपमा राधाको अभिनन्दन गरेका हुन् । राधा घटना भएका दिनदेखि धनगढीमा एक गैरसरकारी संस्थाको सेफहाउसमा बस्दै आएकी थिइन् ।
शनिवार गाउँका भलबन्सा राजाराम चौधरी,जितबहादुर चौधरीलगायत आएर उनलाई गाउँ लगेका हुन् । ‘रधा विस्थापित भएकाले उस्को परिवारमा सबैलाई पीडा भइरहेको थियो,उनलाइ गाउँमा पुनस्र्थापित गराएर यस्तो घटना हुँदैन भन्ने महसुस गराउन सामूहिक अभिनन्दन गरेका हौं,’भलबन्सा राजारामले भने,‘यो घटनाबाट हामी सबैले पाठ सिकेका छौं । ’

अन्तराष्ट्रिय नारी दिवसका दिन गात फागुन २४ गते बोक्सीको आरोपमा राधालाई रामबहादुर,किस्मती चौधरी र स्मारिका चौधरीले लगातार ६घण्टासम्म कुटपिट गरेका थिए । उनीहरुसहित ६जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । अहिलेको युगमा आएर पनि केही मान्छेको सोचमा परिवर्तन नभएको अवस्था देख्न सकिन्छ । यस्तो रुढीवादी परम्पराको सोचले जरा गाडेको खण्डमा अझै पनि कयौं महिलाले पिडा भोग्न बाध्य भएको अवस्था देख्न सकिन्छ । यस्तो स्थिति स्कुले विद्यार्थीको जीवनमा देखिनु भनेको त एकदमै लाजमर्दो कुरा हो ।

Womui
Womui