उत्कृष्ट प्रदेश बनाउने मुख्यमन्त्री पोखरेलको जिकिर

45

नेपालगन्ज-मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश पाँचलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउने जिकिर गरेका छन् । प्रदेश पाँचमा प्रसस्त संम्भावना रहेको बताउँदै उनले यसका लागि प्रदेश सरकारले पनि आवश्यक गृहकार्य सुरु गरेको जानकारी दिए । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बि टुको नेपालगन्जमा शनिबारबाट सुरु भएको छैठौ कन्भेनसन उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश पाँचलाई समृद्ध बनाउन यहाँको कृषि क्षेत्रको विकास गरी सबै जनतालाई आत्मनिर्भर गराउन जरुरी छ ।’


नेपालगन्जमा शनिबारबाट सुरु भएको छैठौ कन्भेनसनमा मुख्यमन्त्री शंकर पोखरेल ।

लायन्स क्लबले सामाजिक काममा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै उनले समाजसेवाले नै मानिसलाई आत्मसन्तुष्टी प्रदान गर्ने बताए । कन्भेनसन उद्घाटन समारोहमा लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु का पुर्व गर्भनर सेम शाक्य, भेरी अञ्चल अस्पतालका फिजिसियन डाक्टर राजन पाण्डे, लायन्सकर्मी चिन्तामणि धिताल, सन्जय थापा, डिके ढुंगाना, घनश्याम भट्टराईलगायतका व्यक्तित्वलाई मुख्यमन्त्री पोखरेलले सम्मान गरे । कन्भेनसनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ ।

 

Womui
Womui