जनप्रतिनिधिको दादागिरी, पत्रकारमाथी आक्रमण प्रयास

140

ललितपुर-ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापमा निर्वाचित जनप्रतिनिधिबाट पत्रकार माथि आक्रमणको प्रयास भएको छ । शनिबार रिर्पोटिङका क्रममा डुकुछापमा रहेको दनुवार बस्तीमा जाँदै गरेका नागरिक दैनिकका पत्रकार शिवहरि घिमिरे र दैनिकीन्युज डटकमका रामहरि कार्कीलाई वडाध्यक्ष सुकबहादुर लामा लगायत अवैध बालुवा खानी सञ्चालकको टोलीले धम्क्याउँदै हातपातको प्रयास गरेको हो ।

आफूहरुमाथि आक्रमण हुन लागेपछि पत्रकार घिमिरेले तुरुन्तै महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरलाई जानकारी गराएका थिए । त्यस लगत्तै असई कृष्णबहादुर सिटौला नेतृत्वको टोली त्यहाँ पुगेको थियो । प्रहरीले भैंसेपार्टीसम्म आफुहरुलाई सुरक्षा दिएको पत्रकारद्धयले बताएका छन् । प्रहरीको स्कटिङमा पनि वडाध्यक्ष लामा र दिनेश लामा लगायतले आफूहरुमाथि आक्रमणको प्रयास गरेको उनीहरुले बताएका छन् ।

Womui
Womui