मुन मिडियाद्धारा रक्तदान

53

नेपालगन्ज-नेपालगन्जमा शनिबार मुन मिडियाले रक्तदान गरेको छ । कार्यक्रममा ३८ जनाले रक्तदान गरेको मुन मिडिया नेपालगन्जकी प्रमुख श्रृष्टी ओलीले जानकारी दिएकी छन् । मिस्टर एण्ड मिस टिन प्रतियोगितामा सहभागी प्रतिस्पर्धीलाई सामाजिक कामतर्फ उत्प्रेरित गर्ने उद्देश्यले शनिबार धम्बोझी चोकमा रक्तदान गरिएको थियो ।

प्रतियोगिताका सहभागीलाई सामाजिक कार्यमा सहभागी गराउने उद्देश्यले रक्तदान आयोजना गरिएको श्रृष्टीले बताईन् । नेपाल न्यु भिजन र रेडक्रस क्षेत्रीय रक्तसञ्चार केन्द्रको सहकार्य मुन मिडियाले गरेको रक्तदानमा स्वतःस्र्फुत रुपमा सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताको फाईनल प्रतिस्पर्धा यही चैत २८ गते नेपालगन्जमा हुदैछ ।

Womui
Womui