वडाअध्यक्ष सुबेदीले जब आफै फरुवा चलाए….

96

नेपालगन्ज-नेपालगन्ज वडा नम्वर १२ नयाँ बस्तीमा स्थानीयकै सक्रियतामा बाटो निर्माण हुँदैछ । करिव ५ सय मिटर बाटो चौडा गरिनुका साथै माटो पटान तथा ग्रावेल बाटो निर्माणका लागि स्थानीयबासिन्दा श्रमदानमा जुटेका छन् । वडा नम्बर १२ वडा समिति कार्यालयको ५ लाख, स्थानीय बासिन्दाको ५ प्रतिशत नगद र अन्य श्रमदान गरि बाटो बिस्तार कार्यलाई तिब्रता दिइएको हो ।

बाटो निर्माण गर्दै वडाअध्यक्ष बुद्धिसागर सुबेदी ।स्थानीय उपभोक्ता समितिमार्फत अहिले निर्माण कार्य भइरहेको छ । वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुबेदी स्वयंको अगुवाईमा ५० जना स्थानीयबासी फरुवा सहितको साधान लिएर बाटो निर्माणमा जुटेका छन् । स्थानीय पतिराम बाल्मीकीको घरदेखि सरिता ठाकुरको घर हुँदै दिपक केसी सम्मको बाटो निर्माण हुने उपभोक्ता समितिले जनाएको छ । स्थानीयको अग्रसताले केही दिनमै ग्राबेलसहितको बाटो सम्पन्न हुने वडाअध्यक्ष सुबेदीले विश्वास व्यक्त गरेका छन् ।

Womui
Womui