शाहको ‘भुँइखाटमाथि’ अन्तरक्रिया

57

कोहलपुर-हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शनिबार नेपालगन्जमा कथाकार महेशविक्रम शाहको कथाकृति भुँइखाटको अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ । उ क्त कार्यक्रममा बोल्दै वरिष्ठ कथाकार सनत रेग्मीले शाहको कथाकारिता माथि पाठकिय दृष्टिकोण प्रस्तुत गर्दै, नेपाली कथाकारितामा भुइँखाट उत्कृष्ट कृतिको रुपमा स्थापित हुने कुरा बताए ।

कथा कृति माथि समालोचना गर्दै पुष्कर रिजालले शाहको सातौं कथा कृतिका रुपमा प्रकाशित भुँइखाटमा नेपाली परिवेषका साथसाथै विदेशी पृष्ठभूमिका कथाहरु रहेको बताए । जातिय युद्धका कारण विस्थापित एवम् शरणार्थी बन्न पुगेका विभिन्न नागरिकका कथावस्तुलाई टपक्कै टिपेर यथार्थको कसीमा घोट्दै नेपाली समाजको ढुकढुकी छाम्न सक्ने कथाकारको खुबी रहेको व्यक्त गरे । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले निकै लामो समयदेखि पूर्णिमाले आख्यानका विभिन्न कार्यक्रमहरु गर्दै आएको स्मरण गर्दै आगामि दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए ।

कथाकार शाहले आपूmले सामाजिक धरातलमा टेकेर मात्र कथा लेख्ने गरेकोले आपूm स्थापित हुन सकेको बताए । संवाद कार्यक्रममा विभिन्न पाठकहरुले उठाएका प्रश्नहरुको उत्तर दिंदै शाहले कथासंग्रह भुँइखाटबाट आपूm सन्तुष्ट रहेको बताए । अन्तरसंवाद कार्यक्रमको सहजिकरण लेखक तथा पूर्णिमाका सल्लाहकार सागर गैरेले गरेका थिए । उक्त कार्यक्रममा साहित्यकार हरिप्रसाद तिमिल्सेना, सुमित्रा न्यौपाने, मणि अर्याल, इन्द्र भण्डारी, भरत रानाभाट, पुष्पमणि प्रधान, सरकारी कार्यालयका उच्च पदस्थ कर्मचारीहरु लगायत २ सय बढीको उपस्थिती रहेको संस्थाका अध्यक्ष ढकालले बताए ।

Womui
Womui