डिएलएमा सक्षम र सबल नेतृत्व चयन गर्नुपर्ने जोड

110

नेपालगन्ज-प्रजातान्त्रिक कानुन ब्यवसायी संघ(डिएलए)का कानुन ब्यवसायीबीच चियापान गरिएको छ । नेपालगन्जमा जारी नेपाल बार एशोसियशनको राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका डिएलएमा आवद्ध कानुन ब्यवसायीबीच शनिबार चियापान गरिएको हो । डिएलए बाँकेको आयोजनामा गरिएको उक्त कार्यक्रममा आसन्न केन्द्रिय महाधिवेशनबारे छलफल भएको थियो ।

आगामी जेठ महिनामा तय गरिएको महाधिवेशनमा सक्षम र सबल नेतृत्व चयन गर्नुपर्ने सहभागीहरुले जोड दिएका थिए । डिएलएका अध्यक्ष भरतप्रसाद खरेलको सभापतित्वमा सम्पन्न चियापान कार्यक्रममा नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्मबहादुर खाती, डिएलएका निर्वतमान अध्यक्ष गोपालकृष्ण घिमिरे, केन्द्रिय उपाध्यक्ष प्रहलाद कार्की, डिएलएका पुर्व पदाधिकारी लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांस बक्ताले बार एशोसियशनमा पुनः नेतृत्व स्थापित गर्न सुरुमा डिएलएलाई सक्षम बनाउन आवश्यक रहेकोमा जोड दिए । नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले डिएलएलाई मजबुद गराएपछि मात्र आगामी बार एशोसियशनको निर्वाचन परिणाम डिएलएको पक्षमा आउने बताए । उक्त कार्यक्रम सञ्चालन डिएलए बाँकेका अध्यक्ष लोकबहादुर शाहले गरेका थिए ।

Womui
Womui