कांग्रेसको केन्द्रीय समिति बैठकमा सिंहको ९ बुँदे सुझाव पेश

104

काठमाडौं-नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पुर्वमहामन्त्री प्रकशमान सिंहले ९ बुँदे सुझाव पेश गरेका छन् । राष्ट्रियसभा निर्वाचन, प्रतिनिधिको सभामुख उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष, राष्ट्रपति, उपराष्ट्रपति पद लगायतमा नेपाली काँग्रेसले कुनै स्थान नपाउनुलाई पनि तीनै तहको निर्वाचन पराजयको परिणामसंगै जोडेर समीक्षा गरिनुपर्ने उनले बताएका छन् ।

काँग्रेसलाई सामान्य सुधार वा टालटुल गर्ने प्रवृत्तिले मात्र पुनःस्थपित गर्न सम्भव नभएको उनको भनाई छ । नेपाली काँग्रेस आफ्नो ऐतिहासिक भूमिका, सिद्धान्त, विचार, आदर्श र संस्कारले काँग्रेस भएको बताउँदै उनले यो केवल निर्वाचन आयोगमा गर्दा भएर वा नाम मात्रको काँग्रेस भएर होइन भनेका छन् । उनले प्रश्न गरेका छन्, ‘हामी वामपन्थी भाषमा वा उग्रदक्षिणपन्थी अतिवादमा फस्यौं भने हामी काँग्रेस रहँदैनौं, शान्ति प्रक्रिया र संविधान निर्माण गर्ने क्रममा हामी हाम्रो सिद्धान्त र आदर्श विपरित बामपन्थी भाषमा ढल्कँदै गएको कारणले नेपाली जनता वा मतदाताले काँग्रेसलाई नरूचाएका पो हुन कि ?’

तत्कालिन पार्टी सभापतिले प्रधानमन्त्री पदबाट राजिनामा दिइसकेपछि पार्टीले प्रधानमन्त्री पदमा जित्ने कुनै आधार नहुँदा नहुँदै कुन राजनीतिक एवम् नैतिकताको धरातलबाट सुशील कोइरालाजीलाई पुनः प्रधानमन्त्री पदमा प्रतिस्पर्धा गराइयो ? भन्दै सिंहको प्रश्न छ ।

Womui
Womui