कोईराला परिवार शोकमा

50

नेपालगन्ज-पुर्वप्रधानमन्त्री एवम् तत्कालिन नेपाली काँग्रेसका सभापति सुशिल कोईरालाका भाई विजय कोईरालाको ७४ वर्षको उमेरमा निधन भएको छ । कोईराला परिवारका सबैभन्दा कान्छा छोरा विजयको बिहीबार बिहान काठमाडौंस्थित मेडीसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वर्गिय विजय कोईराला ।

नेपालगन्ज-१० निवासी उनी दुई हप्तादेखी निमोनियाबाट पीडित रहेका थिए । स्वर्गिय कोईरालाका एक छोरा एक छोरी छन् । निधन पश्चात कोईराला परिवारका आफन्त, इष्टमित्र काठमाडौं पुगेका छन् । स्वर्गिय कोईरालाको बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको उनका भतिज एवम् नेपाली कांग्रेस बाँकेका कार्यसमिति सदस्य सुधाम्सु कोईरालाले जानकारी दिए । बाबु बोदप्रसाद उपाध्याय र आमा कुमुदेनी देवीको कोखबाट जन्मिएका उनी परिवारका सबैभन्दा कान्छो छोरा थिए ।

स्वर्गिय विजय सरल स्वभावका थिए । विगत ४ वर्षयता कोईराला परिवार पटक–पटक शोकमा डुबेको छ । यसअघि पुर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति सुशिल कोईरालाका २०७२ माघ २६ गते निधन भएको थियो, भने त्यसअघि २०७१ मंसिर २ गते तत्कालिन नेपाली काँग्रेस बाँकेका सभापति अरुण कोईरालाको भारतमा उपचारका क्रममा निधन भएको थियो ।

Womui
Womui