सिलाई कटाई तथा व्याग तालिम

95

नेपालगन्ज-नेपालगन्ज वडा नम्बर १० मा एक महिने सिलाई कटाई तथा व्याग बनाउने तालिम सञ्चालनमा ल्याइएको छ । वडा नम्बर १० वडा समितिको कार्यालयले एकिकृत सामाजिक विकास केन्द्र(आइएसडीसी)को सहजीकरणमा महिलाका लागि तालिम सञ्चालनमा ल्याएको हो । स्थानीय बेरोजगार महिलालाई लक्षित गरेर लक्षित बर्ग कार्यक्रमबाट तालिम सञ्चालनमा ल्याइएको वडा महिला सदस्य बसन्ता जोशीले जानकारी दिईन् ।

तालिम उदघाटन गर्दै वडा न १० का वडा अध्यक्ष बिन्दुभुषण बस्नेतले रोजगारीको माध्यम बन्ने सक्ने यस्ता तालिमलाई भरपुर सदुपयोग गर्न सहभागीलाई आग्रह गरे । सहजकर्ता संस्था एकिकृत सामाजिक विकास केन्द्रका अध्यक्ष चित्रबहादुर केसीले तालिमलाई अवसरका रुपमा अनुशरण गर्न आह्वान गर्दै सक्रिय सहभागीमा जोड दिए । दश जना महिलाको सहभागिता रहेको तालिममा साडी कडाई, धागो रङ्ग्याउने, झोला बनाउने लगायतका विषयमा सिकाइने प्रशिक्षक कल्पना सुनारले जानकारी दिईन् ।

अर्की प्रशिक्षक उमा सुनारका अनुसार दैनिक ६ घन्टाका दरले सहभागिहरुलाई व्यवहारिक कक्षा दिएर स्वयं रोजगार गर्न सक्ने बनाइनेछ । केन्द्रका कार्यक्रम संयोजक विजय मल्लद्धारा सञ्चालित कार्यक्रममा वडा सदस्य नरबहादुर बिष्टले शुभकामना मन्तव्य व्यक्त गरे । यस्तै सहभागीले आयोजक र प्रशिक्षकसँग विभिन्न जिशासा राखेपछि त्यसको जवाफ समेत दिइएको थियो ।

Womui
Womui