बाँकेमा यसरी दिए दृष्टिबिहिन बिद्यार्थीले एसइई परिक्षा-( फोटो फिचर )

112

नेपालगन्ज-अर्काको सहयोगमा परिक्षा दिनु आफैमा असजिलो कुरा हो । तर, दृष्टिबिहिनका लागि अर्काको साहारा लिनैपर्ने बाध्यता हुन्छ । बाँके लगायत देशभर बिहीबारबाट सुरु भएको एसइई परिक्षामा बाँकेबाट ५ जना बिद्यार्थी सहभागी भएको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदका अनुसार बाँकेमा बिहीबार ५ जना दृष्टिबिहिन बिद्यार्थीले स्थानीय सरस्वती माबि केन्द्रबाट परिक्षा दिएका हुन् । उनीहरु सबै मंगलप्रसाद माबिका छात्रछात्रा हुन् । यस्तै एक जना कैदीले कारागारमै परिक्षा दिए । जिल्लामा यसवर्ष नियमिततर्फ ७ हजार ४ सय २८ र एक्जाम्टेडतर्फ ५ सय २८ जनाले परिक्षा दिएको साउदले जानकारी दिए ।

तस्बिरहरु : मधु पौडेल

Womui
Womui