एआईजी बमका पुत्रले प्रहरीलाई धम्की दिएपछि…..

33

काठमाडौं-शुक्रबार मध्यरातमा रक्सीले मात्तिएका ४ जना युवाले ठमेलमा ट्याक्सीसँग ‘वार्गेनिङ’ गरिरहेका थिए । उनीहरुको ‘बार्गे्निङ’ नमिलेपछि ट्याक्सीचालकलाई कुटपिट गर्न तम्सिए । चालकले प्रहरीलाई खबर गर्यो । त्यहाँ पुगेका प्रहरीले उनीहरुलाई सम्झाउन खोजे । तर उनीहरुले प्रहरीलाई टेरेनन् । उल्टै त्यस मध्येका एक युवाले प्रहरीलाई धम्काए।

एआईजी कमलसिंह बम ।

समूहका एक युवाले सुरक्षामा खटिएका प्रहरीलाई ‘तिमीहरु जस्ता त मेरो घरमा भात पकाउँछन’ भन्दै प्रहरीलाई धम्की दिएको प्रहरी स्रोतले बतायो । बमले सुरक्षामा खटिएका प्रहरीलाई ‘तिमीहरु जस्ता त मेरो घरमा भात पकाउँछन’ भन्दै प्रहरीलाई धम्की दिएका थिए । प्रहरीसँग पनि उग्ररुपमा प्रस्तुत भएका ति युवालाई प्रहरीले नियन्त्रणमा लिन खोज्या । नियन्त्रणमा लिन खोज्दा उनी झनै आक्रामक भए। त्यसपछि बल प्रयोग गरेर भ्यानमा राखेर उनलाई प्रहरी वृत्त दरवारमार्ग ल्याइयो । उनलाई दरवारमार्ग वृत्तमा ल्याएपछि उनी प्रदेश नम्बर ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बमको छोरा सुगम बम भएको खुल्यो ।

बैंगलोरमा अध्ययन गरेर भर्खरै स्वदेश फर्केका सुगम साथीहरुसँग रमाइलो गर्ने भन्दै शुक्रबार ठमेल पुगेका थिए । बिहान प्रहरीले उनको परिवारलाई खबर गर्यो । त्यपछि प्रहरी वृत्त दरवारमार्ग पुगेकी उनकी आमाले ‘अब आइन्दा यस्तो नगर्ने’ भन्दै छोरालाई छुटाएर लगिन् । उनी छुटेपछि घटना त्यत्तिकैमा सकिएन। प्रहरी वृत्तबाट छुटेका सुगमले आफुमाथी प्रहरीले कुटपिट गरेको भन्दै उनले प्रहरीको उजुरी छानविन शाखामा उजुरी दिए । उजुरी पछि प्रहरीले घटनाको छानविन गर्न एसएसपी रामकृपाल शाहको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । घटनाबारे छानबिन समिति बनाइएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए । ‘कुटपिट गर्ने अधिकार कसैलाई छैन,’ ‘घटनाको सत्यतथ्य छानविन हुन्छ, दोषीलाई कारबाही हुन्छ ।’

Womui
Womui