नेपालगन्ज उपमहानगरलाई अब सिसिटिभीबाट निग्रानी

130

नेपालगन्ज-चोरी, गुण्डागर्दी लगायत विभिन्न अपराधिक क्रियाकलापविरुद्ध नेपालगन्ज उपमहानगर क्षेत्रमा सिसिटिभीबाट निग्रानी बढाइने भएको छ । सिसिटिभी जडान गरिसकेपछि उपमहानगरमा अपराधिक क्रियाकलाप नियन्त्रणमा आउने सरोकारवालाको अपेक्षा छ । सिसिटिभी जडान गर्ने कामलाई चाडै पुर्णता दिन सरोकारवाला सक्रिय भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा नेपालगन्ज उद्योग बाणिज्य संघ, होटल, यातायात, सुन चाँदी, सहकारी, बचत तथा ऋण सहकारी लगायत विभिन्न वित्तिय संघ, संस्थाको सहकार्यमा पहल थालिएको हो ।

सिसिटिभी जडान गर्न नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य संयोजकत्वमा २५ सदस्यीय एक समिति गठन गरिएको छ । उक्त समितिको बैठकमा समितिकै पदाधिकारी एवम् सदस्यले सिसिटिभी ब्यबस्थापन गर्न २ लाख ५२ हजार १ सय रुपैयाँ संकलन गरिएको छ । सिसिटिभी जडान कार्यलाई तिब्रता दिन समितिका उपाध्यक्ष प्रेमप्रसाद सुबेदीको संयोजकत्वमा आर्थिक संकलन उप–समिति र सदस्य संजय थापाको संयोजकत्वमा सिसिटिभीका सम्बन्धी प्राविधिक अध्ययन उप–समिति गठन गरिएको छ । नवगठित नेपालगन्ज सिसिटिभी ब्यवस्थापन समितिका अध्यक्ष बैश्य, उपाध्यक्ष सुबेदी, सचिव विजया धिताल, कोषाध्यक्ष हर्मेस सोनी रहेका छन् ।

समितिका अन्य सदस्यमा रचना श्रेष्ठ, टि.पि न्यौपाने, टेकबहादुर खड्का, तारा रोकाय, शोभाखर पौडेल, प्रेम खत्री, ठाकुरसिंह थारु, सकिल जसगढ, संजय थापा, केशव न्यौपाने, तेज प्रसाद रेग्मी, उमेश गुरागाँई, चम्पालाल बोथरा, मानबहादुर थापा, डा.सुरेश कनौडिया, सलाउद्दीन जसगढ, सुरेश चन्द, किशन गुरुङ, एसपी टेकबहादुर तामाङ, अजयकुमार टण्डन र प्रहरी निरीक्षक राजन गौतम गरी २५ जना सदस्यीय समिति रहेको छ । समितिका संयोजक बैश्यले सिसिटिभी जडान कार्यलाई चाडै नै पुर्णता दिने बताएका छन् ।

Womui
Womui