सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो मन्त्री तामाङ

32

काठमाडौ-कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ सम्पत्ति विवरण सार्वजनिक गर्ने ओली सरकारको पहिलो मन्त्री बनेका छन् । कानुनमन्त्री तामाङले मन्त्री भएको चौथो दिन सोमबार पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रीको तामाङको काठमाडौं महानगरपालिका ९ मा ६ आना आना जग्गा , ३० तोला सुन र विभिन्न वितीय संस्थामा १५ लाख बराबरको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै कृषि विकास बैंकमा ४० लाख र अन्य बैंकमा ३० लाख गरी ७० लाख रुपैयाँ ऋ्ण ,एउटा गाडी, एउटा मोटरसाइकल र २ थान ल्यापटप रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । सम्पत्ति वितरण अनुसार मन्त्री तामाङको नाममा सिन्धुपाल्चोकको सिन्धुकोटमा पाखोबारी र खेत समेत छ । पत्नी एवं प्रदेश नम्बर १ की सांसद उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ मा तीन आना ३ पैसा २ दाम जग्गामा घर, मोरङमा सात कित्ता जग्गा छ । उषाकलाकै नाममा खोटाङमा जग्गा छ । प्रदेशसभा सदस्य उषाकलाको माइती खोटाङ हो । सम्पति विवरण सार्वजनिक गर्दै मन्त्री तामाङले न्यायाधीशले पनि जनताबीचमा सम्पत्ति विरवरण सार्वजनिक गर्नु पर्ने बताए ।

Womui
Womui