जयबागेश्वरी स्कुलको ३८ औंं बार्षिक उत्सव

148

नेपालगन्ज-जय बागेश्वरी माध्यामिक बिद्यालय नेपालगन्जले सोमबार आफ्नो ३८ औं बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयका संस्थापक अध्यक्ष प्रशन्ना राजभण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा प्रमुख आतिथ्यको रुपमा उपस्थित भएका थिए ।

कार्यक्रमको पहिलो दिन बिद्यार्थीसँग साँस्कृतिक कार्यक्रमहरु नृत्य, गीत, नाटक, र्याम्स, भाषण प्रस्तुत गरिएको थियो, भने दोस्रो दिन अभिभावक, बिद्यार्थी र विशिष्ट व्यक्तित्वसँग साँस्कृतिक कार्यक्रम नृत्य, गीत, नाटक, ¥याम्स, भाषण लगायत स्पोर्ट मिट २०७४ मा प्रथम, द्धितिय र तृर्तिय स्थान ल्याउने करिव २ सय बिद्यार्थी, उच्च हाजिरीमा ७ जना, एक जना उत्कृष्ट अनुशासित बिद्यार्थी लगायतलाई प्रमाणपत्र, मेडल र टोकन पुरस्कार स्वरुप प्रधान गरिएको थियो ।

यस्तै, ८ जना विशिष्ट व्यक्तिलाई स्कुलले दोसल्ला, प्रमाणपत्र र मायाको चिनो सहित सम्मान गरेको जय बागेश्वरी माध्यामिक बिद्यालयका संस्थापक प्रिन्सिपल बिद्यामान राजभण्डारीले बताए । कार्यक्रममा मेयर राणा, धर्मगुरुहरु चन्दननाथ योगी, मौलाना अब्दुल जब्बार मन्जरी, शिक्षक महासंघका अध्यक्ष बाबुतरुण गौतम, नगर शिक्षा अधिकारी ईश्वर पौडेल, जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद, वडा नम्बर २ का वडाअध्यक्ष सुनिलसिंह हमाल र अडिटर कृष्ण नन्दन पाण्डे सम्मानित भएका हुन् ।

Womui
Womui