बाँकेमा ६० वटा खानेपानी आयोजना निर्माणाधिन

42

नेपालगन्ज-खानेपानीको सहज पहुँचका लागि बाँकेमा ६० वटा खानेपानीका आयोजना निर्माण भइरहेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका अनुसार, अवको पाँच बर्षभित्रमा सम्पन्न हुनेगरी खानेपानी आयोजना धमाधम निर्माण भइरहेका छन् । उच्च प्रविधियुक्त ३६ र तराई मधेश खानेपानी १४ गरी दुई खालका आयोजनाहरु निर्माण भइरहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका प्रमुख राजकुमार चौधरीले जानकारी दिए ।

अहिलेसम्म ६ वटा आयोजना सम्पन्न भइसकेका छन्, भने केही आयोजना सम्पन्न हुने तयारीमा छन् । तीन बर्षमा ६० प्रतिशत र पाँच बर्षमा सम्पूर्ण योजनाको निर्माण पूरा गर्ने उद्देश्यका साथ काम भइरहेपनि बजेट अभावले काममा ढिलाई भएको कार्यालय प्रमुख चौधरीले बताए छ । तीन करोडदेखि करिव १५ करोड सम्मका ती योजना सम्पन्न भए बाँकेका ९३ हजार ४ सय २ कै घरधुरीमा पानीको पहुँच पुग्ने छ । अहिलेपनि जिल्लाका ६ हजार ६ सय ७२ घरधुरीको घर खानेपानीको पहुँचमा छैनन् । उनीहरुले इनार, मुल तथा छिमेकीको घरबाट खानेपानीको व्यवस्था गर्नुपरेको छ ।

Womui
Womui