क्याम्पससँग सूचना मागियो

126

नेपालगन्ज-राजनीतिक भागबण्डाका आधारमा महेन्द्र बहुमुखी क्याम्पसले कर्मचारी नियुक्त गरेको लगायत अन्य बिषयमा ध्यानाकर्षण गराउन बिद्यार्थी आन्दोलित भईरहेका बेला सोबारे यथार्थ विवरण थाहा पाउन सूचना माग गरिएको छ ।

सूचनाको हक सम्बन्धिको ऐन २०६४ को दफा ३ बमोजिम नेपालगन्ज १२ निवासी नमस्कार शाह, वडा नम्बर १० निवासी मन भण्डारी र रुपा चौधरीले संयुक्त रुपमा सूचना माग गरेका हुन् । क्याम्पसमा तालाबन्दी भएको भन्दै निवेदन दर्ता गर्न ईन्कार गरेपछि निवेदकले जिल्ला हुलाक कार्यालयमार्फत निवेदन क्याम्पसलाई पठाएका छन् । निवेदकहरुले पछिल्लो समय करारमा नियुक्त भएका कर्मचारीको नामावली सहितको विवरण, नियुक्ती प्रकृया, हाल क्याम्पसमा सञ्चालित कक्षा र क्याम्पसमा कार्यरत सहायक क्याम्पस प्रमुख र विभागिय प्रमुखको नामावली माग गरिएको छ ।

Womui
Womui