कानुन ब्यवसायी सम्मेलनको तयारी अन्तिम

52

नेपालगन्ज-यही चैत ९, १० र ११ गते हुन लागेको नेपाल बार एशोसियशनको १४ औं अखिल नेपाल कानुन ब्यवसायी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । उक्त सम्मेलनको राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्ने निश्चित भईसकेको छ । यसका साथै उद्घाटन कार्यक्रममा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, कानुनमन्त्री शेरबहादुर तामाङ, महान्यायाधीवक्ता अग्नीप्रसाद खरेल लगायत विदेशी बार एशोसियशनका प्रतिनिधि, बिदेशी राजदुतावास तथा राष्ट्रिय र अन्र्तराष्ट्रिय विशिष्ट अतिथीको उपस्थिती रहनेछ ।

उक्त सम्मेलनमा करिव ४ हजारको हाराहारीमा मुलुकभरबाट कानुन ब्यवसायी सहभागी हुनेछन् । नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बारका पदाधिकारीले उक्त कार्यक्रममा छलफल गरिने विषयबस्तुबारे अवगत गराए । पत्रकार सम्मेलनमा बारका उपाध्यक्ष शालिकराम सापकोटा, केन्द्रिय सदस्य पदमबहादुर शाही, पुर्वउपाध्यक्ष प्रहलाद कार्की, उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष बलबहादुर चन्द लगायतले कानुन ब्यवसायीको सम्मेलनबाट नेपालगन्जबासीले अपनत्व लिनुपर्ने बताए । न्यायपालिकाको गरिमा बचाउन कानुन ब्यवसायीको राष्ट्रिय सम्मेलन उपयोगी हुने दाबी गरे । नेपालगन्जमा देशभरबाट आउने कानुन ब्यवसायीले यहाँको सँस्कृती, सँस्कार लगायत कुराहरु थाहा पाउने भएकाले सबैले कार्यक्रम सफल पाउनुपर्ने बताए ।

Womui
Womui