जनप्रतिनिधी र कर्मचारीबीच मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता

90

नेपालगन्ज-जनप्रतिनिधी र कर्मचारीबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका उपमहानगर कार्यपालिकाको कार्यालयले प्रहरी व्यायामशालामा आइतबारदेखि मैत्रीपुर्ण आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सुरु गरिएको हो ।

उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले व्याडमिन्टन खेलेर प्रतियोगिताको सुरुवात गरेका थिए । जनप्रतिनिधी र कर्मचारीबीच सौहार्दपूर्ण सम्बन्ध सुधारसँगै सहकार्यको बातावरण सिर्जना गर्र्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक तथा वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले जानकारी दिए । प्रतियोगितामा नगरका वडाअध्यक्ष, वडा सदस्य, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख लगायत कर्मचारी गरि ५० जनाको सहभागिता रहेको छ । नक आउट आधारमा मेन सिंगल र डबल्स खेलाइने प्रतियोगिताका इम्पायर तेजबहादुर साउदले जनाए । प्रतियोगिता अन्तर्गतका खेल बिहान र साँझ खेलाइने र चार दिन सम्म सञ्चालन हुने बताइएको छ ।

Womui
Womui