क्याम्पसको बार्ता निस्कर्ष बिहिन

88

नेपालगन्ज-महेन्द्र बहुमुखी क्याम्पसमा बिद्यार्थीले लगाएको ताला खुलाउने बिषयमा शुक्रबार बसेको बार्ता निस्कर्ष बिहिन भएको छ । क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, प्राध्यापक संघ, संगठनका पदाधिकारी, बिद्यार्थी संगठनबीचको बार्ता निस्कर्ष बिहिन भएको हो । बिद्यार्थीले बैठकको सुरुमै क्याम्पसमा अबैधानिक रुपले नियुक्त भएका आंशिक प्राध्यापकको नियुक्ती बदर गर्नुपर्ने मागलाई प्रमुखताका साथ उठाएका थिए ।

यस्तै स्थायी र करार प्राध्यापकको कार्यभार सार्वजनिक गर्ने, स्नातकोत्तर तह सेमेष्टर प्रणालीका सबै कक्षा बिहानी सेवामा सञ्चालन गर्नुपर्ने, क्याम्पसका क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुख पुर्णकालिन रुपमा क्याम्पसमा रहनुपर्ने र विभिन्न समयमा बिद्यार्थी संगठनसँग गरिएको सहमती अविलम्व कार्यान्वयन गर्नुपर्ने, क्याम्पसले सेमेस्टर प्रणालीका लागि तोकेको शुल्कलाई २१ हजार ५ सयबाट १५ हजार रुपैयाँमा झार्नुपर्ने माग राखेपछि क्याम्पस प्रशासन र प्राध्यापकहरुले ठाडै अस्वीकार गरेका थिए ।

बिद्यार्थीको माग पुरा नहुँदा क्याम्पसमा लगाइएको ताला शुक्रबार पनि जारी रह्यो । तालाबन्दीका कारण शैक्षिक र प्रशासनिक कामकाज प्रभावित भएको छ । क्याम्पस प्रशासन समक्ष राखेका आफ्ना माग २४ घण्टाभित्र पुरा नभएपछि अनेरास्ववियु, नेपाल बिद्यार्थी संघ र अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस ईकाई कमिटीले संयुक्त रुपमा बुधबार तालाबन्दी गरेका थिए । नेपाल बिद्यार्थी संघ मब क्याम्पस ईकाई सचिव चन्द्रप्रकाश देवकोटाले आफ्ना मागको विषयमा सुरुमा छलफल गर्नुपर्ने कुरा राख्दा सहमती नभएको बताए । क्याम्पस प्रमुख गणेश रेग्मीले बिद्यार्थी संगठनसँगको बार्ता लगभग सहमति नजिक पुगेको बताए ।

Womui
Womui