प्रहरीको आँखामा खुर्सानी फालेर कैदी भाग्न खोजेपछि …

58

नेपालगन्ज-चोरहरु प्रहरीको आँखा छलेर भाग्ने गरेको घटना प्रशस्त छन्, शौचालयबाट पनि फरार भएका घटना पनि छन् । तर कैदीबन्दीले नै प्रहरीको आखाँमा खुर्सानीको धुलो हालेर भाग्न खोजेपछि नेपालगन्जमा यो खबर भाइरल भएको छ । नेपालगन्जमा शुक्रबार एकजना कैदीबन्दीले प्रहरीको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरे, तर धेरै प्रहरीले निगरानी गरिरहेका कारण उनको उक्त योजना भने सफल हुन सकेन ।

जबरजस्ती करणी मुद्दामा नेपालगन्ज कारागारमा विगत एक बर्षदेखि सजाय काटिरहेका २६ बर्षीय बसिर साईले प्रहरीको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरेका हुन् । शुक्रबार बिहान हर्नियाको उपचारका लागि भेरी अञ्चल अस्पतालमा लगिएका साईले प्रहरी जवान शिव भुसालको आँखामा खुर्सानीको धुलो फालेर भाग्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी) टेकबहादुर तामाङले जानकारी दिए । ‘बिहान १० बजेतिर अस्पताल लगिएका साईले शौचालय जान्छु भनेको र शौचालयबाट फर्किने बित्तिकै ढोकामा उभिएका प्रहरी जवान भुसालको आँखामा खुर्सानी फालेर भागेका थिए,’ जवान भुसाललाई उदृत गर्दै एसपी तामाङले भने । प्रहरी जवानलाई खुर्सानीको धुलो फालेर भागेपनि अस्पताल परिसरमा सुरक्षा निगरानी कडा भएका कारण उनको योजना प्रहरीले बिफल पार्यो ।

Womui
Womui