बिस वर्ष पुराना गाडी नियन्त्रण

232

नेपालगन्ज-सरकारले २० वर्ष पुराना सवारी साधन गुडाउन रोक लगाएपछि बिहीबारबाट कार्यान्वयनको चरण सुरु भएको छ । २० वर्ष पुराना सवारी साधनमा प्रतिबन्ध लगाएपछि ट्राफिक प्रहरीले बिहीबार कोहलपुरको चप्परगौडीबाट २ वटा ट्रक बरामद गरेको छ । निकै पुरानो अवस्थाका ती ट्रक बरामद गरी यातायात व्यवस्था कार्यालय भेरीको जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक होम थापाले जानकारी दिए ।

उनका अनुसार चैत्र १ गतेबाट २० वर्ष पुराना सवारीसाधन चलाउन प्रतिबन्ध लगाएपछि बाँकेमा पनि निगरानी सुरु गरिएको छ । यातायात व्यवस्था कार्यालय भेरीसंग समन्वय गरे सबैतिर निगरानी बढाइएको थापाले बताए । सरकारी निर्देशन प्राप्त हुनासाथ कारबाही सुरु गरिएको बताए । वातावरण प्रदुषण हुने भएका कारण सरकारले यस्ता गाडी चलाउन प्रतिबन्ध लगाएको छ । बाँकेमा यस्ता सवारी साधन कति छन् भन्ने एकिन नभएपनि भित्री बाटोमा यस्ता सवारीसाधन चलाइएकोले प्रहरीले कडाई गर्ने बताएको छ ।

Womui
Womui