बार एशोसियशन परिसरमा सरसफाई

115

नेपालगन्ज-उच्च अदालत बार एशोसियशन नेपालगन्जको प्राङ्गनमा शनिबार सरसफाई गरिएको छ । नेपाल बार एशोसियशनको १४ औं ‘अखिल नेपाल कानुन ब्यवसायी सम्मेलन’ को तयारीमा ब्यस्त रहेका कानुन ब्यवसायीले सरसफाई गरेका हुन् ।

बारका उपाध्यक्ष शालिकराम सापकोटा सहित केन्द्रिय सदस्य पदमबहादुर शाही, सहन्यायधिवक्ता लक्ष्मीनाराण दाहाल, बारका पुर्वउपाध्यक्ष केन्द्रिय प्रह्लाद कार्की, उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष बलबहादुर चन्द लगायतले सरसफाई गरेका थिए । ‘स्वतन्त्र निष्पक्ष सक्षम न्यायपालिकाप्रति प्रतिवद्धता, कानुन ब्यवसायीको पेशागत दक्षता एवम् सुनिश्चितता’ भन्ने मुल नाराका साथ हुन लागेको सम्मेलनका राष्ट्रपतिले उद्घाटन गर्ने तय भइसकेको छ ।

उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, पुर्वप्रधानमन्त्रीहरु, कानुन मन्त्री, मुख्यमन्त्री, प्रतिनिधि सभा र प्रदेश सभाका सदस्य, वरिष्ठ अधिवक्ता, कुटनितिक नियोगका प्रमुख, अन्र्तराष्ट्रिय बारका प्रतिनिधि लगायतको सहभागिता रहने उच्च अदालत बारका अध्यक्ष चन्दले जानकारी दिए । सम्मेलनमा मुलुकभरबाट करिव ४ हजार प्रतिनीधि सहभागि हुनेछन् ।

Womui
Womui