लायन्स क्लबको छैठौं कन्भेनसनको तयारी

59

नेपालगन्ज-लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपालको छैठौं कन्भेनसन गरिदैछ । आगामी चैत १७ गते हुन लागेको छैठौं कन्भेनसनको तयारी तिब्र पारिएको नेपालगन्जमा शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो । उक्त कन्भेनसनको पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने भएका छन् ।

उक्त कन्भेनसनमा बाँके, बर्दिया र सुर्खेतका लायन्स तथा लियो सदस्य गरी करिव ६० वटा क्लब तथा १५ सय लायन्सहरु आयोजक रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । डिष्ट्रिक ३२५ बी टु का ३ हजार लायन्स तथा लियो क्लबका प्रतिनिधिले सहभागिता जनाउन लागेको यो तेस्रो कन्भेनसन हो । कन्भेनसनमा सहभागि हुन आउने पाहुनालाई स्वागत गर्न नेपालगन्ज नगरलाई धुलोरहित बनाउने कार्य अगाडी बढाइएको आयोजकले जनाएको छ । यसका लागि नेपालगन्ज उपमहानगरपालिका प्रमुख र उपप्रमुख समक्ष प्रस्ताव प्रस्तुत गरिसकेको बताइएको छ ।

कन्भेनसनमा बिहान ८ बजे धम्बोझी चोकबाट प्रभातफेरी सुरु गरी विपी चोक, त्रिभुवन चोक, बागेश्वरी मन्दिर हुदै पुनः धम्बोझी चोकमा पुगेर समापन हुनेछ । प्रभातफेरीमा सामाजिक सद्भाव झल्किने थारु, मुस्लिम, शिख, इसाइ, ओमशान्ति लगायत विविध समुदाय, जातजाती, भाषा, धर्मका सँस्कृती झल्किने १५ भन्दा बढी झाँकी निकालिने आयोजकले जनाएको छ । झाँकीमा बाँके राष्ट्रिय निकुञ्जको सहयोगमा २ वटा हात्तीलाई पनि सहभागि गराइने बताइएको छ । कन्भेनसनको उद्घाटन शत्र पश्चात सुरु हुने बन्दशत्रले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।

Womui
Womui