बाँकेमा चोरको विगविगी बढ्यो

195

नेपालगन्ज-बाँकेमा केहीदिन यता चोरको विगविगी बढेको छ । पछिल्लो समयमा प्रहरीले दिनहुँजसो चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न थालेको हो । चोरीको ल्यापटप सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ स्थित रहेको बैरागी एण्ड एशोसियटबाट २ थान ल्यापटप, नगद ३ लाख ५० हजार, झोला, मोबाईल, पेनड्राईभ चोरी गरेको अभियोगमा नेपालगन्ज-१६ जयसपुर निवासी १८ बर्षिय समिर राई, सोही ठाउँका १८ बर्षिय सल्मान राई र नेपालगन्ज–१२ कोरियनपुर निवासी २९ बर्षिय बाबु भन्न सैफ अली ढपालीलाई प्रहरीले पक्राउ गरेको हो । चोरीको घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले शुक्रबार जयसपुरस्थित समिरको घरबाट चोरी भएको २ थान ल्यापटप, झोला, सोही घरमा रहेको एचपी कम्पनीको ल्यापटप, सामसुङ मनिटर लगायत सामान फेला पारिएको जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी नायव उपरिक्षक राजेन्द्र अर्यालले जानकारी दिए ।

Womui
Womui