होप इन्टरनेशनल बोर्डिङ स्कुलको वार्षिक उत्सव

98

नेपालगन्ज-नेपालगन्जको होप इन्टरनेशनल एकेडेमीको १६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । निजी विद्यालयमा गुणस्तरिय शिक्षा भन्ने नाराका साथ सम्पन्न भएको वार्षिक उत्सवमा निरन्तर शैक्षिक सुधार गर्ने बताएको छ । बिद्यालयका सञ्चालक समिति अध्यक्ष सुरेशकुमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयले सांकृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सो क्रममा बिद्यालयका जेष्ठ अभिभावक ८४ वर्षिय जगतप्रसाद पोखरेललाई सम्मान गरिएको छ ।

त्यसैगरी बी गु्रपलाई बिगत १७ बर्षदेखि बाल अधिकार तथा मानव अधिकारको क्षेत्रमा कार्य गरेको भन्दै सम्मान गरियो, भने शिक्षा र बालबालिकाको क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार महासंघका पूर्वअध्यक्ष झलक गैरेलाई समेत बिद्यालयले सम्मान गरेको छ । सहभागी अतिथीले शैक्षिक क्षेत्रमा संस्थागत बिद्यालयले ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य आरती पौडेलले बिद्यालयले छोटो समयमा धेरै उन्नती गरेको भन्दै प्रशंसा गरिन् । उनले संस्थागत बिद्यालयप्रति सरकारले हेर्ने दृष्टिकोण सकरात्मक नीति नभएको कारणबाट सँधै चपेटामा परेको उल्लेख गरिन् । बिद्यालयका प्रधानाध्यापक केशवा रेग्मीले वार्षिक कार्यक्रमको प्रगती प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा बिद्यालयमा भएका अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगितामा प्रथम, द्धितिय र तृर्तिय हुने बिद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

Womui
Womui