बाँकेको अगैयामा भार्गव बैंकको शाखा उद्घाटन

128

नेपालगन्ज-भागर्व विकास बैंकले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित अगैयामा आफ्नो १६ औं शाखा स्थापना गरी बिहीबारबाट कारोबार सुरु गरेको छ । बैंकका पूर्वसञ्चालक रेशमबहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णा के.सी. नमूना र नेपाल राष्ट्र बैंक नेपालगन्जका निमित्त प्रमुख शेलेन्द्र रेग्मीले संयुक्त रुपमा शाखा उद्घाटन गरे ।


बैंकको अगैया शाखा उद्घाटन गरिदै ।

बैंकले आफ्नो कार्यक्षेत्र भित्रका ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्ने क्रममा आफ्नो १६ औं शाखाको रुपमा अगैया शाखाको स्थापना गरेको हो । अगैया क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवाको लागि शम्शेरगन्ज र कोहलपुर धाउनुपथ्र्यो । अब आफ्नै घरदैलोमा बैंक आउँदा उनीहरु हर्षित भएका छन् । शाखाबाट सुरुवातदेखि नै बैंकले प्रदान गर्ने सम्पूर्ण कर्जा सुविधाहरु छिटो र सरल रुपमा उपलब्ध गराउनुको साथै सबै संघसंस्थाहरु, तथा सबै खालका तह र तप्काका ब्यक्तिलाई मध्यनजर गरि विभिन्न खालका बचत योजना, आवधिक मुद्दती योजना लगायतका सम्पुर्ण रेमिट्यान्स सेवा उपलब्ध गराइनेछ ।

त्यसैगरी बैंकले चालु आर्थिक वर्षको माघ महिना सम्ममा २ अर्ब ६० करोडमाथि निक्षेप संकलन तथा रु. २ अर्ब १५ करोड कर्जा लगानी गर्न सफल भएको छ, भने सोही अवधि सम्ममा बाँके, दाङ र बर्दियाका ग्रामीण क्षेत्र समेतका गरि करिव ४५ हजार ग्राहकलाई सेवा पुर्याउन सफल भएको छ । सो उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले राप्तीसोनारी गाउँपालिकाको गाउँसम्म आर्थिक विकास गर्न बैंकले उचित भूमिका खेल्ने लक्ष्य सहित सेवा प्रवाह गर्दै जाने बताए । बैंकको शाखाले स्थानीयवासीको माया तथा सद्भाव पाउने कुरामा आफु विश्वस्त रहेको बताए ।

स्थापना कालदेखि नै आफ्नो छुट्टै पहिचान बनाई ग्राहक वर्गको अत्याधिक मन जित्न र सञ्चालनको छोटो समयमा नै एक सफल र स्थानीयबासीको विश्वसनीय बैंक बन्न सफल भएको बैंकको दाबी छ । बैंकले आफ्ना ग्राहकलाई छिटो तथा सरल कर्जा र निक्षेपमा उच्चतम् ब्याजदर प्रदान गर्दै आईरहेको जोशीले बताए । शाखा उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णा केसी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, नेपाल राष्ट्र बैंक नेपालगन्जका निमित्त प्रमुख शैलेन्द्र रेग्मी, पूर्वमन्त्री प्रेमबहादुर भण्डारी, राप्तीसोनारी गाउँपालिका २ का वडाअध्यक्ष मदन ओली, अगैया बजार व्यवस्थापन समितिका अध्यक्ष तिर्थ डाँगीलगायतले बोलेका थिए ।

Womui
Womui