नारी दिवसमा जेष्ठ महिलालाई सम्मान

163

नेपालगन्ज-१०८ औं अन्तर्राष्टिय नारी दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले नगरक्षेत्र भित्रका जेष्ठ महिलालाई सम्मान गरेको छ । उपमहानगरले गरेका विभिन्न कार्यक्रममध्ये बिहीबार नगरका ८० वर्षमाथिका जेष्ठ महिलालाई दोसल्लासहित सम्मान गरेको हो । पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधि आएको र नागरिकप्रति पालिकाले गर्नुपर्ने दायित्व अन्तर्गत महिलालाई सम्मान गरेको उपमहानगरपालिकाले जनाएको छ । सम्मानका साथै स्वास्थ्य उपचार समेत गरेको छ । उपमहानगरपालिकामा आयोजित भव्य समारोहबीच बिहीबार एक सय ५० जेष्ठ महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसका साथै महिलाहरुलाई छाता पनि सहयोग गरेको छ । उक्त अवसरमा जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्रको सहजीकरणमा एकसय जनाको टोलवीले महिलालाई स्वास्थ्य जाँचका साथै औषधी समेत वितरण गरेका थिए । कविराज निरिक्षक अनीरुद्र साह नेतृत्वको ९ जनाको टोलीले दिनभर जेष्ठ महिलाको स्वास्थ्य जाँच, परामर्श तथा उपचार दिएको थियो । ब्लड पे्रसर, सुगर चेकका का साथै वाथ, मुटु रोगको समेत जाँच गर्दै आयुवेर्दिक औषधी दिइएको उवपमहानगरपालिकाले जनाएको छ ।

यस्तै, कविराज निरिक्षक साहका अनुसार विशेषतः जेष्ठ नागरिकका लागि आमलक्की चूर्ण, अश्वगन्धा चूर्ण, नारायण तेल प्रयोग गर्न लगाइएको छ । सम्मान समारोहमा नगर प्रमुख डा. धवल शम्शेर राणाले जेष्ठ नागरिकलाई सम्मानसँगै उनीहरुको अनुभवलाई अनुशरण गर्नुपर्ने बताए । कार्यक्रममा उपप्रमुख उमा थापामगरले परिवार, समाज र राष्ट्रका लागि गरिएको योगदानको सम्मानका रुपमा ग्रहण गर्न आह्वान गर्दै जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कृति स्थापीत गर्नुपर्नेमा जोड दिइन् । नगरका वडा अध्यक्ष, सदस्य, जेष्ठ नागरिक लगायतको सहभागिता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकारी हरिकृष्ण ज्ञवाली, वडा अध्यक्षका तर्फबाट वडा न १२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदी लगायतले महिला अधिकार र समानताका विषयमा बोलेका थिए ।

Womui
Womui