कोहलपुरमा मेयर कप रनिङ शिल्ड

120

कोहलपुर-कोहलपुर नगरपालिकाको ओजनामा सञ्चालित प्रथम अन्तर मावि स्तरिय मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७४ सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सम्पन्न लङजम्प तर्फको खेलमा छात्र तर्फ बालविद्या मन्दिरका अनिल बि.क. प्रथम, ज्ञानज्योति मावि चप्परगौडीका सुरेन्द्र चौधरी द्वितिय र डाईनामिक माविका तिर्थबहादुर चौधरी तृर्तिय भए ।

त्यस्तै छात्रा तर्फ साईनिङ स्टारकी ज्योति थापा प्रथम, नेपाल राष्ट्रिय मावि खड्कवारकी हिमसरी खड्का द्वितिय र पञ्चमुखी ई.मि.की विजया कुँवर तृर्तिय भईन् । यसैगरी भलिबल छात्रतर्फ सम्पन्न भएको प्रतियोगितामा साईनिङ स्टार मावि, ज्ञानज्योति मावि, सगरमाथा मावि विजय भएका छन् भने छात्रा तर्फ नोवेल स्कुल, बागेश्वरी एकेडेमी, नमूना विद्यासदन मावि, जनज्योति मावि विजय भएका छन् । प्रतियोगितामा निजी तथा सामुदायिक बिद्यालय गरी ३४ वटा बिद्यालयको सहभागिता जनाएका छन्, भने प्रतियोगितामा राष्ट्रिपति रनिङ शिल्ड संचालन निर्देशिकामा आधारित छात्र/छात्रा दुवै तर्फ फिल्ड र ट्रयाकका एक सय मिटर, पन्ध्र सय मिटर दौड, लङजम्प र भलिबल लगायतका खेलहरु समावेश गरिएको आायोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ५१ हजार, द्धितिय हुनेलाई ३१ हजार र तृर्तिय हुनेलाई २१ हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको सभापतित्वमा भएको प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य आरती पौडेलले गरेकी थिईन् । कोहलपुरको तेह्र बिघा मैदानमा प्रथम अन्तर माबि नगर कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा आएको हो ।

Womui
Womui